20 December 2009

हिन्सत्मक भयो मओवादी आन्दोलन।


माओवदिले पहिलो र दोर्सो चरणको आन्दोलन शान्तिपूर्ण तवरले सडकमै छामछमि नाचेर सबैलाई चकित बनायता पनि तेस्रो चरणको आन्दोलन निकै तनाबपूर्ण रह्यो। माओवादीले आह्वान गरेको तीनदिने आमहड्तालको पहिलो दिन शान्तिपूर्ण हुन सकेन। हड्तालले मुलुकभरिको जनजीवन निकै प्रभावित भएको छ। उद्योग,कलकारखाना शैक्षिक संस्था तथा बजार बन्द छन्। आइतबारको माओवादी व्यवहार हिंसात्मक भएको मूल्यांकन गर्दै गृह प्रशासनले सोमबारका लागि सुरक्षा रणनीति सशक्त पार्ने ठहर गरेको छ।

तीन दिने हड्तालको पहिलो दिन माओवादी कार्यकर्ता केही स्थानमा हिंसात्मक रुपमा प्रस्तुत भएका छन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सामेल बैठकले माओवादी आन्दोलन हिंसात्मक भएको निष्कर्ष निकालेको थियो। आमहडतालको पहिलो दिन राजधानीमा माओवादी प्रदर्शन हिंसात्मक हुनपुग्यो। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको नेपाल कार्यलयले आइतबारको बन्द जनआन्दोलन 'दोस्रो जनआन्दोलनपछि कै सबैभन्दा खराव हिंसात्मक अबस्था' भएको टिप्पणी गरेको छ।

माओवादी राष्ट्रसंघीय सम्मेलनमा भाग लिई विमानस्थल उत्रिएका प्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारसम्म पुर्‍याउन सडक अवरोध हटाउने प्रयास गर्दा नयाँ वानेश्वर र गौशालामा सुरक्षाकर्मी-माओवादीबीच झडप भयो। वानेश्वरमा प्रहरीले पानीका फोहोरा, अश्रुग्यास तथा लाठीचार्ज गरेको छ।

वानेश्वर झडपमा १९ प्रहरी घाइते भएका छन्। माओवादीले आफ्ना २ सभासद सहित ५० घाइते भएको जनाएको छ। वानेश्वरमा झडपमा प्रहरीले गोली चलाएको आरोप माओवादीले लगाएको छ। प्रहरी लाठी चार्ज गर्दा मा‌ओवादी सभासद यशोदा सुवेदी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

प्रधानमन्त्री माधवकुमार नेपाललाई स्वागत गर्न विमानस्थल हिँडेका पर्यटन राज्यमन्त्री सत्रुघ्न महतोको गाडी माओवादीले तोडफोड गरेका छन्। माओवादी प्रदर्शनले उग्र रुप लिएको बुझेपछि प्रधानमन्त्रीले औपचारिक भ्रमणका लागि राष्ट्र-सरकार प्रमुखले विमानस्थल आउँदा-जाँदा प्रयोग गर्ने नयाँ वानेश्वरको रुट बदलेका थिए। उनी गौशाला-कालोपुल हुँदै निवास बालुवाटार पुगेका थिए।

प्रदर्शनकारीले पुतलीसडक, बत्तिसपुतली र नयाँ बानेश्वरमा पाँच सवारी साधनमा तोडफोड गरेका छन्। माओवादीले शहीद गंगाला हृदय रोग केन्द्रको गाडी गौशालामा तोडफोड गरेका छन्। अस्पतालका स्टाफ ओसार्न प्रयोग गरेको बा.१.झ ५१६८ नम्बरको गाडीमा माओवादी ढुंगा प्रहारबाट क्षति पुगेको छ।

हड्तालका क्रममा एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग तथा अस्पतालका सवारी साधन निर्वाध चल्न दिने भने पनि माओवादीले आफ्नो भनाइ आइतबार व्यवहारमा लागू गरेको देखिएन। बिरामी बोकेर कुदिरहेका एम्बुलेन्स, लगयत पत्रकार समेत माओवादी अवरोधको शिकार भए।

04 December 2009

सकियो स्यन्बोचे सपना

बहुप्रतिक्षित स्यन्बोचे समुद्री सतहबाट १७ हजार फिटमाथि रहेको कालापत्थरमा शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले १० बूँदे सगरमाथा घोषणापत्र जारी गरेको छ। मौसमले साथ दिएको हुनाले निर्धारित २० मिनेटभन्दा बढी करिब एक घण्टा बैठक बसेको थियो।
बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने तथा बाँके राष्ट्रिय निकुञ्ज थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा सम्बोधन गर्दै कार्बन उत्सर्जन गर्ने राष्ट्रहरुले त्याग गर्न आह्वान गरे। हिमाली राष्ट्रहरु जलवायु परिवर्तनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।


बैठकले गरेका निर्णयहरुका बारेमा स्याङबोचेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो। स्याङबोचेमा स्थानीय बासिन्दाले मन्त्रीहरुको स्वागत गरेका थिए।

यसअघि कालापत्थर जानुअघि प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरुको रगतमा अक्सिजनको मात्रा सन्तोषजनक देखिएपछि चिकित्सकहरुले कालापत्थर जान अनुमति दिएका थिए।

मौसम सफा भएका कारण सबै मन्त्रीहरु शुक्रबार काठमाडौँ फर्केका छन्।

















घोषणापत्र:
जलवायु परिवर्तन सम्बन्धमा गरिएको सगरमाथा घोषणापत्र

(सगरमाथा आधार शिविर, कालपत्थर, ५५४२ मिटर नेपाल)

विश्व पर्यावरणीय सन्तुलनमा विशिष्ट योगदान राख्ने संसारको सर्वोच्च शिखर सगरमाथा र सगरमाथादेखि पूर्व-पश्चिम फैलिएको लामो र संसारकै सुन्दर अग्ला पर्वतमाला रहेको हिमालय क्षेत्रको करिब १ अर्ब ३० करोड मानवजातिको सभ्यता, उनीहरुको आर्थिक-सामाजिक-सांस्कृति उन्नति, प्राकृतिक सम्पदा एवम् पर्यटकीय विकासलगायत विभिन्न क्षेत्रमा सकारात्मक र विशिष्ट योगदान छ।

हालका दिनहरुमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक-आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रहरुमा नकारात्मक असर पुर्‍याउन थालेको छ। फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्हरुको जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजिकका भू-भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ। जलवायु परिवर्तन र यसको प्रभावका कारण २१ औं शताब्दी मानवसभ्यता र राष्ट्रहरुको अस्तित्वका सामु थप चुनौतीहरु थपिएका छन्।

पृथ्वी हाम्रो साझा घर हो। साझा घर पृथ्वीको संरक्षण हामीहरुका लागि जति आवश्यक छ, त्यति नै हाम्रा सन्ततिहरुको भविष्यका लागि पनि आवश्यक छ भन्ने मान्यतालाई आत्मसात् गर्दै हामीले दिगो विकास र वातावरण संरक्षणमा दशकौं अगाडिदेखि नै द्विपक्षीय एवम् बहुपक्षीय प्रतिबद्धताहरु व्यक्त गर्दै आइरहेका छौं। सगरमाथा घोषणामार्फत् हामी जलावयु परिवर्तनप्रति हाम्रो सामूहिक प्रतिबद्धता र आपसी सहयोगका क्षेत्र उजागर गर्न चाहन्छौं। समग्र मानवजाति, विश्वसम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण, दीगो आर्थिक-सामाजिक-सांस्कृतिक विकास, पर्यटकीय विकास समेतका क्षेत्रहरुमा अगाडि बढ्न र जलवायु परिवर्तन एवम् यसबाट पर्ने नकारात्मक प्रभावहरुबाट सगरमाथालगायत हिमश्रृङ्खलाको संरक्षण गर्न नेपाल सरकार निम्नलिखित घोषणा गर्दछः

१. जलवायु परिवर्तनको दृष्टिले जोखिममा रहेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउन दक्षिण एसियाली मुलुकहरुलगायत सबै पक्ष राष्ट्रहरुसँग सहकार्य गर्ने प्रतिबद्धता गर्दछ।

२. जलवायु परिवर्तनले हिमालय पर्वतमाला एवम् प्रभावित क्षेत्रमा उत्पन्न गरेको विषम परिस्थितिबाट स्थानीय जनजीविका एवम् जीवननिर्वाह प्रणाली खासगरी गरिब, सीमान्तकृत समूह, आदिवासी, दलित, महिला तथा बालबालिकामा पर्नसक्ने असरको अध्ययन एवम् न्यूनीकरणका उपायहरुबारे स्थानीय एवम् राष्ट्रियस्तरमा जनचेतना अभियान संचालन गर्ने।

३. जलवायु परिवर्तनको नकारात्मक असरको समयमै उचित सम्बोधन गर्न तथा कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन ९च्भकष्ष्भिलअभ० अभिवृद्धि गर्न पूर्व सूचनाप्रणाली, जलवायु परिवर्तनका प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिका उपायहरु अवलम्बन गर्ने।

४. पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रको विस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षित भूभागलाई २५ प्रतिशतमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ बनाउने। हाम्रो प्रतिबद्धतालाई प्रस्ट पार्न गौरीशंकर र अपिनप्पा संरक्षित क्षेत्र घोषणा गर्ने।

५. जलवायु परिवर्तनबाट नेपालको सामाजिक-आर्थिक क्षेत्र खासगरी जलस्रोत, कृषि, जैविक विविधता, वन, मानव जीवन, मानव स्वास्थ्यमा पर्नजाने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूल कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वसमुदायको सहयोग प्राप्त गर्ने। साथै विकसित मुलुकले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १.५ प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने।

६. नेपालले स्वच्छ ऊर्जा क्षेत्रको विकासबाट यस क्षेत्रकै कार्वन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसको लागि उपयुक्त र आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा लगानीका लागि विकसित र छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गर्ने।

७. स्वच्छ विकास संयन्त्रमा रहेको कोषबाट नेपालले पूर्णलाभ लिनका लागि यस संयन्त्रले सहयोग गर्न बनाएका प्रावधानहरु परिमार्जित गरी गरिब मुलुकहरुका लागि अझ बढी सुलभ र लाभदायी बनाउन पहल गर्ने।

८. मानव क्रियाकलापबाट जलवायु परिवर्तनसम्बन्धी भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम (पार्ट्स पर मिलियन) भन्दा घटी हुनुपर्ने तथा पृथ्वीको सतहको औसत तापक्रम औद्योगिकरण थालनी पूर्वको तह भन्दा १.५ डिग्री सेन्टिगे्रड भन्दा बढी नगर्न आह्वान गर्ने।

९. हिमगलनको प्रक्रियामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे धेरै कम अध्ययन-अनुसन्धान भएकाले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने।

१०. हरितगृह ग्यास लगायत अन्य क्रियाकलापबाट पर्वतीय पर्यावरण र हिमालयमा पर्ने गम्भीर असर न्यून गर्न, हरितगृह ग्यास उत्सर्जनको मात्रा कम गर्न आह्वान गर्ने। साथै, हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रलाई क्षतिपूर्ति दिन लगाई त्यस्तो ग्यासको नकारात्मक प्रभावमा रहेको गरिब देश एवम् जनतालाई राहत पुर्‍याउन सबैको ध्यानाकर्षण गर्ने।

२०६६ मङ्सिर १९ गते

४ डिसेम्बर, २००९

03 December 2009

नेपालको चिन्ता बातावरण प्रती

















नेपालमा भोकमारी, बाढीपहिरो हैजाले हजारौ जनता मर्दा चुप्चप बस्ने हाम्रा देश चलाऊने नाइकेहरु विश्वमा बडिरहेको मौसम परिवर्तनको बिषयमा भने निकै अगाडि बदेका छन। विश्व समुदय लाई चुनौती दिदै सगरमाथाको कालापत्थरमा हुने मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्र पुगेका छन्। ५ हजार २ सय ४२ मिटर उचाइको कालापत्थरमा हुने बैठकमा भाग लिनु पूर्व त्यहाँको वातावरणमा घुलमिल हुन मन्त्रीहरु एक दिन अघि लुक्ला पुगेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरु आज लुक्लामा बस्नेछन्। 'हाइअल्टिच्युड' लाग्ने सम्भावनालाई ध्यानमा राख्दै भोलि शुक्रबार मन्त्रीहरुको स्वास्थ्य परीक्षणपछि मात्र कालापत्थर लगिनेछ। मन्त्रिपरिषद बैठक २० मिनेट जति लामो हुने स्रोतले जनाएको छ। मन्त्रीहरुलाई लुक्लाबाट हेलिकोप्टरबाट कालापत्थर उतारिनेछ। त्यसका लागि नेपाली सेना तथा श्री एयरको एमआइ सेभेन्टिन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
६ निजी बिमान तथा नेपाल एयरलाइन्सको एक बिमानले मन्त्री तथा अन्यलाई सगरमाथा आधार शिविर ल्याइपुर्‍याएको हो। प्रधानमन्त्री माधवकुमार नेपाल भने सेनाको हेलिकोप्टरमा इलामबाट सोझै लुक्ला विमानस्थल ओर्लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरुको लुक्ला आगमनसँगै उच्चस्तरीय सरकारी अधिकारी तथा चिकित्सकसमेत त्यहाँ पुगेका छन्। जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले विश्वकै अग्लो स्थानमा मन्त्रिपरिषद बैठक गर्न लागिएको हो। शुक्रबार बिहान १० बजे बस्ने मन्त्रिपरिषद बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने निर्णय गर्नेछ।
यो मन्त्रिपरिषद बैठकको रिपोर्टिङका लागि स्वदेशी तथा विदेशी मिडियाकर्मीको चहलपहल स्याङ्बोचेमा बढेको छ।

मन्त्रिपरिषद बैठक आफ्नो ठाउँमा हुन लागेकोमा स्थानीबासी दङ्ग देखिएका छन्। ३ हजार ७ सय मिटर उचाइमा रहेको स्याङ्बोचे बिहीबार दिउँसो २ बजेसम्म रमाइलो थियो। ३ बजेपछि मौसम बदलिएर हुस्सु लागेको छ। छिन छिनमा यसरी मौसम बदलिनु यहाँको विशेषता नै हो।

30 November 2009

खोइ त न्याय?


उच्च पदस्थ कर्मचारीहरूले पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही नहुने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सम्पूर्ण निजामती प्रशासनको मनोबल गिरेको टिप्पणी गरेका छन्।

उच्च पदस्थ कर्मचारीका तर्फबाट सीडीओ समाजले करिमामाथि कारबाही नहुनु आपत्तिजनक रहेको उल्लेख प्रधानमन्त्रीको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण निजामती कर्मचारी निरुत्साहित र उद्दण्ड व्यवहार गर्नेहरू प्रोत्साहित भएको टिप्पणीसमेत सीडीओ समाजले गरेको छ।

प्रधानमन्त्रीले राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले कारबाही नहुने अभिव्यक्ति दिएपछि सीडीओ समाजमात्र होइन पर्सा र बारामा कार्यरत निजामती कर्मचारीहरू आक्रोशित भएका हुन्। पर्सा र बाराका कर्मचारीले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन्।

सरकारले पीडित तत्कालीन सीडीओ भण्डारीलाई कुनै जिम्मेवारी नदिई गृह मन्त्रालयमा राखेर उल्टै कारबाही गरिरहेको जानकारी गृह स्रोतले दिएको छ।

भण्डारीमाथि हातपात भएकै दिन गृहले उनलाई मन्त्रालयमा बोलाएर पर्सामा सहसचिव यादव कोइरालालाई काजमा सीडीओ बनाएर पठाएको छ। राजधानी फर्किएपछि कुनै दायित्व नदिइएपछि भण्डारीले आठ दिन बिदा लिएर बसे। त्यसपछि उनी दिनहुँ गृह मन्त्रालयमा आएर हाजिर गर्छन्, कुनै जिम्मेवारी नदिएर सरकारले उल्टै मनोवैज्ञानिक रूपमा कारबाही गरिरहेको स्रोत बताउँछ।

'आक्रमणकारी राज्यमन्त्रीमाथि कुनै कारबाही नहुने, भण्डारीलाई अभियुक्तलाई जस्तो कुनै जिम्मेवारी नदिएर राख्नु पीडितमाथिको कारबाही नै हो' गृह स्रोतले भने- 'यसले गर्दा शान्ति सुरक्षामा खटिएका कर्मचारीको मनोबल सबभन्दा बढी गिरेको छ।'

'राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीको रूपमा लिएको छ' शुक्रबार प्रधानमन्त्री नेपालले भनेका थिए 'अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्र्न सकिंदैन।'

राज्यमन्त्री वेगमले आफू गृह जिल्ला पर्सामा जाँदा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ मा भण्डारीमाथि कुटपिट गरेकी थिइन्। उनले घटना भएकै दिन संवाददाताहरूसित थोत्रो गाडी पठाएर अपमान गरेकाले आफूले कुटेको बताएकी थिइन्।

तर, उनले मंसिर २ मा विज्ञप्ति जारी गरी उक्त घटनाका लागि दुःख प्रकट गर्नेभन्दा आफ्नो अभिव्यक्ति परिवर्तन गरी उल्टै सीडीओ भण्डारीमाथि विभिन्न मधेशी मूलका नेतासित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको गम्भीर आरोप लगाएकी थिइन्। त्यही कारण आफूले आवेशमा आएर सीडीओ भण्डारीलाई कुटेको दाबीसमेत उनको थियो।

सीडीओ समाजका अध्यक्ष कविराज खनालले प्रधानमन्त्रीले राज्यमन्त्री करिमाका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसले सम्पूर्ण निजामती कर्मचारीको मनोबल कमजोर बनाएको बताए।

'करिमाले घटनाप्रति दुःख प्रकट गर्नेभन्दा सीडीओ भण्डारीमाथि उल्टै जघन्य आरोप लगाउनुभएको छ। त्यसप्रति बेवास्ता गरी प्रधानमन्त्रीले राज्यमन्त्रीलाई कारबाही हुँदैन भनेर दिएको अभिव्यक्तिले हामीलाई चिन्तित बनाएको छ। त्यसले उद्दण्ड व्यवहार गर्नेहरू उत्साहित र कर्मचारीहरूलाई निरुत्साहित बनाएको छ' खनालले नागरिकसित भने।

सीडीओ समाजका पदाधिकारीले प्रधानमन्त्री नेपाललाई भेटेर उनको अभिव्यक्तिका बारेमा आपत्ति जनाउने र राज्यमन्त्री करिमालाई कारबाही गर्नका लागि दबाब दिने जानकारी उनले दिए।

25 November 2009

आउने भयन मासु काठमाडौंमा

गढीमाई मेलामा काटिएका राँगा लैजान आएका ठेकेदारलाई अवरोध गर्दे यस क्षेत्रका कतिपय दलीत समूदायले बलीको मासु घर-घर लगेका छन्।

मंगलबार झण्डै बिस हजार राँगा बली दिइएको बधस्थलमा वारा, पर्सा , रौतहट तथा भारतबाट समेत आएका उनीहरुले मासु आफै खाने भन्दै राँगाको मासु उठाउन रोक लगाएपछि ठेकेदार र मेला समीतीबीच विवाद सुरु भएको छ। यसबाट राजधानी आउने भनिएको मासु नआउने भएको छ।

मेला समतीले स्थानीय ठेकेदारलाई प्रति गोटा ५ सय १० रुपैयाका दरले काटिएको राँगा लैजाने अनुमती दिएको थियो। यस बापत ठेकेदारले ५१ लाख रुपैया धरौटी समेत बुझाएका थिए। 'अचानक मंगलबार राती यस क्षेत्रका दलीतहरु जम्मा भएर राँगा लैजान दिएनन् ', ठेकेदार नरेन्द्र साह भन्छन् -' यसबाट हामीलाई लाखौ रुपैया घाटा लागेको छ।'


काटिएका राँगा राजधानी लगायतका विभिन्न सहरमा लैजानका लागी ठेकेदारले मंगलबार राती ७० वटा ट्रक समेत ल्याएका थिए। यस बाहेक राँगाको छाला निकालेर मासु तयार गर्नका लागी ५ सय भन्दा बढी मजदुर देशका विभिन्न भागबाट जम्मा गरेर ल्याएको साहले सुनाए। 'बधस्थलमा रहेका ७५ प्रतिसत भन्दा बढी राँगाको शरिर उनीहरुले उठाएर लगिसके ', साह थप्छन् - 'भारतबाट समेत विभिन्न दलित समुदायका व्यक्ति आएर मासु उठाएर लगेका छन्। राँगा उठाउन ल्याएका ट्रकमा तोडफोड समेत भएको छ। जसका कारण बुधबार विहान सम्म बधस्थलमा तनाव रहेको थियो। ठेकेदार साहले आफुहरुले क्षतिपूर्तीको लागी समतीमा निवेदन दिएको बताउँछन्।
यता दलितभने सदीयौ देखी आफुले खादै आएको बलीको मासु अहिले एकाएक ठेक्कामा दिएकाले जवरजस्ती लैजान परेको सुनाउछन्। मासुकै लागी भनेर कतिपय दलीतले मंगलबार दिनभरी राँगा काटेको बताए। 'हामीले सधै बलीको मासु खादै आएका छौ ', हरपुरका शिबलाल हरिजनले भने -'त्यसैले हामीले अहिले पनि बधस्थलबाट मासु उठाएर लग्यौ।' दलित समुदायले मासु लैजानु अघि ठेकेदार पक्षका मजदुरले अधिकांसको छाला निकालीसकेका छन्। यस अघिको बलीमा छालाको मात्र ठे्क्का लाग्ने गरेको थियो। मासु दलीत समुलायले खादै आएका थिए।

यता मेला समतीले भने दलीत समुदायले आफुहरुले सिनो बहिस्कार गरेको भन्दै आएका कारण मासु ठेक्कामा लगाएको दावी गरेको छ। 'त्यैपनि हामीले कुरा मिलाउदै थियौ ', बली व्यवस्थापन समितीका उपाध्यक्ष धेनुकप्रसाद चौरासीयाले भने -'ठेकेदार पक्षले मासु विग्रने भयो भन्दै उठाउन मानेन।'

24 November 2009

गडिमाइको मासुमा राजधानीको रजाइ हुनसक्ने।

गढीमाई मन्दीरमा मंगलबार काटिएका करिब २० हजार राँगाको मासु संभवत भोलीसम्ममा राजधानी पुग्ने छ। मेला व्यवस्थापन समितिले बली दिइएका राँगा ठेक्कामा बेचेपछि ठेेकेदारले बिक्रीका लागी राजधानी लैजाने तयारी गरेको हो।

बली व्यवस्थापन समितिका उपाध्यक्ष धेनुकप्रसादले प्रतिराँगा ५ सय १० रुपैयाँका दरले कलैयाका पुष्कर नाम गरेका ठेकेदारलाई ठेक्कमा दिइसकेको जनाए। यस अनुसार सुरुमा १० हजार राँगा बराबरको ५१ लाख अनुमान गरिएपनि अहिले काटिने राँगाको संख्या बढेकाले रकम पनि बढ्ने उनले बताए।

बध स्थलमा छरिएका राँगाका शवलाई ठेकेदारले मंगलबार रातभरीमा संकलन गर्ने छन्। बलीमा मारिएका उक्त राँगा व्यापारीले मासु तथा छालाको प्रयोजनका लागी किनेका हुन्। 'मासु संभवत काठमाडौ लैजान्छन् होला', उनले भने- 'त्याहाँ छाला मासु दुवैको बिक्री हुनेछ।' एक अर्को स्रोतले भने उक्त मासु चाईनाको बजारमा निकासी हुने दावी गरेको छ।

विगतका बलीमा छालाको मात्र बिक्री हुँदै आएकोमा यस पटक मासुको समेत बिक्री भएको छ। यस पटक मन्दिरमा २० हजार हाराहारीमा राँगाको बली चढेको समितीले जनाएको छ।

सकेनन बम्जन ले


गाडीमाइ मेलामा हुने पसुबली जसरी भयपनी रोक्ने भनेका बारा का तपस्बी राम बहादुर बम्जन लगायत
अधिकारकर्मी तथा धार्मिक सङ्घसंस्थाको विरोध हुँदाहुँदै पनि गढीमाई मन्दिरमा मङ्गलबार करिब २० हजार राँगालाई सामूहिक बली दिइएको छ। बिहान मन्दिरका मूल पुजारी मङ्गल चौधरीले पञ्चबली (मुसा, सुगुर, परेवा, राँगा र बोका ) दिएपछि सामूहिक बली सुरु भएको थियो।
उक्त बलीसँगै ४ विघा क्षेत्रफलमा फैलिएको बधस्थल रगतको आहालमा परिणत भएको छ। दशौं हजारको सङ्ख्यामा आएका भारत तथा नेपालका तिर्थालुले यत्रतत्र बोका तथा परेवासमेत मङ्गलबारबाटै काट्न थालेपछि मन्दिर परिसर नै रगताम्ये भएको हो।

मूल पूजारी चौधरीले बधस्थल नजिकै रहेको पीपलको बोटमुनि पञ्चबली दिएका हुन्। उनले सुरुमा बोका काटेका थिए। त्यसपछि जङ्गलबाट ल्याइएको सेतो मुसालाई धारिलो खुकुरीमा राखेर घाँटी रेटे। मुसा बली दिएको दृष्य नेपाली तथा विदेशी पत्रकारले खुवै रुचीका साथ नियालेका थिए। त्यसपछि परेवा, सुगुर र राँगो हुँदै पञ्चबली समाप्त भएको थियो।

बिहान ८ बजेको पञ्चबली समाप्तिलगत्तै हातमा खुँडा लिएका ३ सयभन्दा बढी 'मारक' हरु चिच्याउँदै बधस्थलमा प्रवेश गर्दा उक्त क्षेत्र युद्ध भूमिजस्तो देखिएको थियो। पन्ध्र हजारभन्दा बढीको सङ्ख्यामा रहेका राँगाको भीडमा खुँडा–तरवार बोकेका ३ सय व्यक्तिको प्रवेशपछि त्यहाँको वातावारण कोलाहाल बनेको थियो। मारकहरुले अन्धाधुन्ध खुँडा–खुकुरी प्रहार गर्दा राँगा कराउँदै भाग्न पुगेका थिए।

मार हान्नेहरुले भने आफूहरुलाई मार हान्न रमाइलो लाग्ने सुनाए । 'जति धेरै काट्न सक्यो उत्ति आनन्द महसुस हुन्छ', मार हान्दै गरेका रामलाल महतोले भने – परम्परा निभाउनका राँगा काट्न ग्रसर भएको हुँ।
यसरी मार हान्नेमा कतिपय पैशाका लागि आएका देखिन्थे भने कतिपय भने सोख पूरा गर्नसमेत धमाधम राँगा ढाल्दै गरेका देखिन्थे। बली दिएको दृष्य हेर्न दशौं हजारको भीड बधस्थलको चारैतिर झुम्मिएको थियो। मार हान्ने क्रम साँझसम्म जारी छ।

आफूले चिताएको पूरा हुने कामनाका साथ भारतीय तथा नेपाली भक्तजन राँगा ल्याएको सुनाउँछन्। आफूले चढाएको राँगा मारिएकोसमेत हेर्न बसेका कतिपय राँगाको बगेको रगतसँगै आफ्नो मनोकामन पूरा हुने सुनाउँथे। भारतीय राज्य बिहारका एक व्यक्तिले १ सय ५ वटा राँगा गढीमाई मेलामा बली चढाएको समितिले जनाएको छ।

मनोकांक्षा पूरा गर्न यसरी चढाइएका राँगामध्ये मङ्गलबार मध्याह्नसम्म १५ हजारको हाराहारीमा राँगा काटिसकिएको गढीमाई मेला समितिका संयोजक शिवचन्द्र कुशवाहले बताए। राँगा ल्याउने क्रम जारी रहेकाले २० हजार पुग्ने उनको भनाई छ । मंसिर ९ र १० गते बली दिने कार्यक्रम सिद्धिए पनि मेला अझै दुई सातासम्म रहने छ।

20 September 2009

फेरी अर्को बबन्डर कालीउडमा


मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठको यौन सम्पर्करत भिडीयो टेप सार्वजनीक भए पछि उनी सर्वत्र आलोचीत भएकी छिन् । आफूलाई निकै सभ्य सालीन र महङ्गी हिरोइन बताउदै आएकी नम्रताको कर्तुत पर्दाफास भएपछि उनलाई हेर्ने नजर बदलीएको छ ।बेला बेलामा ब्वाइप्रुेण्ड परिवर्तन गर्दै हिड्ने गरेकी नम्रताले आफ्नो ब्वाइप्रुेण्ड डिजे तान्त्रिकसँग सहमतिमा यौन सम्बन्ध राख्दै आएकी र सहमतिमै यौनसम्पर्क गर्दाको भिडीयो खिचेर हेर्ने गरेकी तर उक्त भिडीयो सार्वजनीक भएपछि उक्त अश्लील भिडीयोको नारी पात्र आफू नभएको जिकीर गर्दै हिडेकी छिन् । डिजे तान्त्रिक बिबाहीत हुन् । उनकी पत्नी श्वेताले आफ्नो पति तान्त्रिक र नायिका नम्रताबीच भएको यौन सम्पर्करत भिडीयो फेला पारेपछि माइती नेपालमा उजुरी दिएकी थिएन । माइती नेपालले डिजे तान्त्रिक नम्रता र श्वेतालाई राखेर सहमतिको प्रयास गरेको थियो । माइती नेपालका मध्यस्थकर्ताले नम्रता र तान्त्रिकलाई दुई-दुई झापड हानेर अब आइन्दा नम्रता तान्त्रिकसँग नलाग्ने सहमति गराएर छोडेको थियो ।मेलमिलापपछि अर्काको पति खोस्ने चेष्टा गरेकी नायिका नम्रता र डिजे तान्त्रिकबीच भएको यौन सम्पर्कको भिडीयो एक्कासी यूट्युवडटकम नामक वेवेसाइटमार्फत सार्वजनीक भएको थियो । आफ्नो पोल खुलेपछि नायिका नम्रता र तान्त्रिक निकै बेचैन छन् । उनीहरुको उत्त अश्लील भिडीयो थुप्रै नेपाली फिल्मकर्मी तथा सर्वसाधरणको मोबाइलमा छ । अश्लील भिडीयो आएको कम्प्लेन आएपछि बेबसाइटले उक्त भिडीयो हटाएको छ । उक्त भिडीयो करिब छ मिनेटको छ जसमा नम्रता र तान्त्रिकले सहमतिमा हाँसीहाँसी यौन सम्पर्क गरेको देखिन्छ । भिडीयोका बारेमा स्रोतले बताएअनुसार उनीहरुले यौनसम्पर्क गर्दै मोबाइलमा खिच्दै हेर्ने गर्दथे अनि डिलेट गर्ने गर्दथे । भिडीयो हेर्दा यस्तो लाग्छ नायिका नम्रता सेक्समा निकै पारंगत छिन् । उत्त भिडीयोसँगै झण्डै आधा घण्टा अबधिको अर्काे भिडीयो पनि फेला परेको स्रोतको दावी छ । थुप्रै हिट गीतका म्युजीक भिडीयोहरु बिभिन्न टेली पेपर बिज्ञापन तथा आलोक नेम्वाङको निर्देशनमा निर्माण भएको सानो संसार र सुदर्शन थापाको निर्देशनमा बनेको र हाल काठमाडौका बिभिन्न हलमा चलीरहेको मेरो एउटा साथी छ फिल्मी नायिका नम्रताले आफ्नो लोग्न खोस्न थालेको थाह पाएपछि तान्त्रिक पत्नी हाल आफ्नो माइतिमा बसेकी छिन् । उनीले तान्त्रिकसँगको बैबाहीक सम्बन्ध टुंग्याउने प्रकि्रयामा लागेको स्रोतले दावी गरेको छ ।

01 July 2009

यो कस्तो नियम




काठमाण्डौ को अति ब्यस्त ठाउ हो यो सहिदगेट यहाको थोरै समय एउटा गाडी रोक्यो भने पनि घन्टौ जाम हुने यर्थात सबैलाई अबगत छ। तर केही यी ट्राफिक प्रहरी लाई हेर्नोस दिउसै बौलाह कुकुले टोके जस्तो छ। जाम हटाएर सबैलाई जाम मुक्त पार्नु पर्ने यी ट्राफिकले नै बिच बाटोमै गाडी रोकेर के रामलीला गर्न आटेका? गर्नेलाई भन्दा देख्नेलाइ लाज एउटा चालकलाई राम्रो संग नियम पढाएर सचेत बनाउन खोजेका त होलान तर आङ्खनो यो कार्यले अन्य आवागमन गरीरहेका यात्रु तथा सवारी साधनहरुलाई परेको असुविधा प्रती किन सजग नभएका? यहा त एक जनाको होइन तिन तिन जनाको मती विग्रीएको छ एक जनाले गाडी रोक्ने वित्तिकै तिन वटै ट्राफिकहरु अरुको वास्ता नगरी चालक लाई झपार्न थाले निकै बेरको कचकच पछी केमा कुरा मीलेछ कुन्नी बल्ल तल्ल छाडे त्यो गाडीलाई या त पछाडीका अन्य गाडीका हर्न का कचकचले हो। जे होस नयानेपालका कर्मठ सिपाहीले झुकाएरै छाडे कानुनको उल्लघन गर्नेलाई। तर एउटालाई सवग सिकाउन खोज्ने ले अरुको अधिकार र कस्टको ख्याल राखे सुनमा सुगन्ध हुने थियो।

25 June 2009

कति क्रुर हत्या ?



picture from nagariknews.com
ख्याती श्रेष्ठ हत्या प्रकरणका अभियुक्त वीरेन प्रधानले अपराधमा संलग्न अन्य व्यक्तिले टाउको फ्याँकेकोले आफूलाई थाहा नभएको भन्ने अडान मंगलबार रात अबेर छाडे। शवका टुक्रा कहाँ कहाँ फ्याँकेको भन्ने जानकारी उनले पक्राउ परेको तीन दिनमा खटाइ-खटाइ दिएका हुन्।

सकेसम्म ढाँट्न उपाय खोज्ने प्रवृति र प्रकरणको समग्र कार्यशैली मोडस अपर् यान्डी का आधारमा अभियुक्त प्रधान अनुभवी अपराधी भएको निष्कर्षमा प्रहरी पुगेको छ। 'एउटा अनुभवी अपराधीले मात्रै यी सबै गर्नसक्छु एक अनुसन्धान अधिकृतले भने 'उनको विगत पनि खोतल्नुपर्ने अवस्था आएको छ।'

प्रधानको विगत संवेदनशील वर्गसँग नजिक देखिएकोले अनुसन्धान त्यो कोणबाट अघि बढ्ने प्रहरी अधिकृतको भनाई थियो। खर्चालु जीवनशैली र अपराध पृष्ठभूमिका स्वदेश्ाीहरुको बढी आउजाउ हुने क्यासिनो मोहलॆ प्रधानको अपराधवृतिको आँकलन सहज पार्ने पनि उनले बताए।

'आफ्नै पूर्व विद्यार्थीलाई अपराधमा उद्यत गराउने अभियुक्तले अरुसँग के के गरे भन्ने खोजीको विषय हो' अधिकृतले थपे। अनुसन्धान अब विगतमा फेला परेका टुक्राइएका शव र तीसँग सम्बन्धित घटनातिर विस्तार हुने बताइएको छ।

'अपराधमा अभियुक्तको यो पहिलो अनुभव होइन भन्ने हाम्रो ठहर हो। तर यसमा पनि अनुसन्धान हुन्छु अनुसन्धान अधिकृतहरुको निष्कर्षबारे प्रतिकि्रया माग्दा महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालले भने।

गत जेठ २२ मा १९ वर्षीया ख्याती श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका ४२ वर्षीय प्रधानले १४ वर्ष लामो शिक्षण पेशा गत वैशाखमा छाडेका थिए। उनी एकदमै अन्तर्मुखी स्वभावका र पहिले आफ्नो झोंकी स्वभाव परिवारसमक्ष समेत डरलाग्दो रुपमा प्रकट गरेको नजिकबाट चिन्नेहरु बताउँछन्।
खुिसंबुमा एक वर्ष डेरा गर्दा उनले विरलै मात्र छिमेकीहरुसँग बोलेका थिए।


प्रधानको बयानअनुसारै प्रहरीले गोलढुङ्गा गाविसस्थित मुड्खुमा सडकबाट डेढ सय मिटर तल रानीवनमा शवको टाउकोपट्टिको भाग फेला पारेको हो।

कार्टुनबाट उछिट्टिएर निस्केको अवस्थामा फेला परेको टाउको क्षतविक्षत अवस्थामा थियो। अभियुक्त प्रधानले शवलाई टुक्रयाएर फि्रजमा राखी क्रमशः विभिन्न ठाउँमा फ्याँकेको बयानमा उल्लेख गरेका थिए।


यसैगरी ख्यातीको परिवारसँग अभियुक्त प्रधानले लिएको फिरौती रकममध्ये साँढे तीन लाख रुपैयाँ अर्की आरोपी १६ वर्षीया किशोरीको घरमा फेला परेको पनि प्रहरीले जनाएको छ। किशोरीको ईचंगुनारायणस्थित घरको अध्ययनकोठामा पुस्तक र् याकभित्र किताबले लुकाइराखेको अवस्थामा रकम फेला परेको हो। प्रहरीले बुधबारसम्ममा विभिन्न स्थानमा प्रधानले राखेका झण्डै नौ लाख रुपैयाँ बरामद गरिसकेको छ। उनले एक सहकारी संस्थामा साँढे चार लाख राखेका थिए।

प्रारम्भिक बयानका क्रममा अभियुक्त प्रधानले घटनामा संलग्न अन्यको भाग कटाएर आफ्नो भागमा साँढे दुई लाख मात्र परेको र त्यसमध्ये डेढ लाख क्यासिनोमा हारेको बताएका थिए। उनले पक्राउ परिहाले पनि आफ्नै भविष्यका लागि भनेर मतियार अभियुक्त किशोरीलाई रकम राख्न दिएको प्रहरीसँग बताएका छन्।

तीन फरक ठाउँमा फ्याँकिएका शवका टुक्रा फेला परेपछि तयार स्वरुपलाई प्रहरीले विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गराई यकिन गर्ने भएको छ। अनुसन्धान अधिकृतहरुले अभियुक्तविरुद्धका प्रमाण स्थापित गर्ने प्राविधिक तयारीमा लागिपरेको बताए।

एक्ली छोरी ख्याती पढाउन भनेर दुई वर्षअघि काठमाडौं आउँदा विराटनगरका गोपाल र राधा श्रेष्ठले प्रधानको बालाजुस्थित तत्कालिन घरमा डेरा गरेका थिए। त्यो घर बेचिएपछि गत वर्ष त्यहाँबाट अनामनगर सरेको उनीहरुको डेरामा प्रधान अपहरणको केही दिनअघि पुगेका थिए। योजनावद्ध अपहरण र हत्यापछि उनले ख्यातीको परिवारसँग १० लाख रुपैयाँ फिरौती पनि लिएका थिए।


प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले यो घटनाको प्रारम्भिक नियत फिरौती नै भएको देखिने बताएका छन्। बुधबार राजधानीमा माडबारी समुदायले आफ्नो सुरक्षाको विषयलाई लिएर आयोजना गरेको अन्तक्रियामा उनले भने 'क्लोरोफम सुँघाएपछि अपहरितको मृत्यु हुँदा आत्तिएर शव लुकाउन टुक्राएर फालिएको हुनसक्छ।'



म‌गलबार दिउँसो उनी हिरासतको भित्री आँगनमा डुलिरहेका थिए। प्रहरीका हजाम आएपछि दाह्री खौरन लगाए। पाइन्टको भित्री खल्तीबाट सय रुपैयाँको नोट झिके हजामले पर्दैन भने। त्यसपछि अर्का थुनुवालाई ट्युबवेल ठेल्न लगाई मुख र टाउको धोए। सँगै मतियारको आरोप लगाइएकी किशोरी आफ्नै धुनमा थिइन्। वीरेनले किशोरीसँग पनि छोटो कुराकानी गरे।

१९ वर्षीया विद्यार्थी ख्याती श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका वीरेन प्रधानको चालढाल हेर्दा लाग्थ्यो उनी आफ्नै घरकरेसामै छन्। दुई तलामाथिको बरण्डाबाट हेर्दा देखियो उनले सबै थुनुवासँग हँसिलो मुख देखाउन खोज्दै थिए।

हत्या गरेर शवलाई टुक्राटुक्रा पारी विभिन्न ठाउँमा फ्याँक्ने अति क्रुर अपराधका आरोपीले यस्तो निर्धक्क व्यवहार देखाइरहँदा अनुसन्धान अधिकृत समेत अचम्भित भइरहेका थिए।

पक्राउलगत्तै आरोप स्वीकार गरेको भनिएका प्रधानले प्रहरीसँग दुई सर्त राखेका थिए साचारमाध्यममा तस्बिर नदिने र कसैसँग भेट नगराउने। उनलाई सोमबार दिनभरि कोही भेट्न पनि आएनन्। सोमबारका छापामा आफ्नो तस्बिर छापिएको थाहा पाएपछि उनले घुक्र्याउन खोजेको एक प्रहरीले बताए।

प्रहरीका अनुसार सुरुमा अतिकति 'फिल' गरेजस्तो देखिएका वीरेनले आफ्नो जटिल चरित्र फेरि देखाउन थालेका छन्। शवको टाउकोतर्फको भाग कहाँ छ भनेर उनले अझै बताएका छैनन्। उनकै बयानका आधारमा चितवनबाट हात र खुट्टा ल्याइएको प्रहरी बताउँछ। उनले अपराधमा संलग्न भनेर पोलेका अन्य तीन जनालाई टाउकाका विषयमा थाहा भएको भन्दै आएका छन्। तीनै जनालाई क्यासिनोमा चिनेको र उनीहरु भारतीय नागरिक भएको उनको दाबी छ।

स्रोतका अनुसार वीरेन फिरौतीवापत लिएको रकमका विषयमा कुरै गर्न चाहिरहेका छैनन् । रकम लिएलगत्तै क्यासिनो गएर डेढ लाख रुपैयाँ हारेको उनले प्रारम्भिक बयानमा बताएका छन्। उनले ख्याती परिवारबाट पाएको १० लाखमध्ये एक भाग मात्र आफूले लिएको समेत भनेका छन् । प्रहरीले उनीबाट ४० हजार रुपैयाँमात्र बरामद गरेको थियो । उनले मतियारको आरोप लागेकी किशोरीलाई समेत १४ हजार रुपैयाँ दिएका थिए । किशोरीको साथबाट बरामद नोट तिनै थिए जसको नम्बर ख्यातीका आफन्तले वीरेनलाई बुझाउनुअघि रातभर लगाएर टिपेका थिए।

"अपराधका क्रममा देखाएको चरित्र र अहिलेको व्यहोरा हेर्दा ऊ अझै उम्कने र पैसा जोगाउने आशमा देखिन्छ," एक प्रहरी अधिकृत भन्छन्।

view mere http://www.nagariknews.com

25 May 2009

बने माधव नेपाल प्रधानमन्त्री



अन्तत लामो गणितइय चल्खेल पछी ने। क। पा। एमालेका बारीस्ठ नेता माधव कुमार नेपाल गणतन्त्र नेपालअको दोस्रो प्रधानअंअन्त्री बनेका छन। समस्याइ समस्या मा गुज्रियको नेपाल लाई पूर्व माओवादी को सरकार ले त निकास दिन सकेन तर एमलेको नेत्रित्वको सरकार ले देश लाई कुन दिसा तर्फ धकेल्ने हो हेर्न बाँकी नै छ। मुलुकमा ब्याप्त राजनऐतिक संकट समाधान गर्नु मात्रा होइन समय मै संबिधान लेख्नु पर्ने दयित्व छ बर्तमान सरकारको। शाहअंअतिको बिकल्प देखिदैन भर्खर सरकार बाट बहिरियको माओवादी नागरिक सर्बोक्चतको नाममा सडक तताउदै छ। त्यस कारण पनि सबै सक्ती लाई मिलायर लाग्यो भने बर्तमान सरकार ले साच्चिकै निकास पौने छ।

30 March 2009

क्या नसा चनाबको



देश ब्यापी स्वबियु निर्बाचान सबै बिद्यार्थी लाई सोचे भन्दा उलेखय रुपमा लाग्यो। कतै आराजक भयो भने कतै शान्ति पायो । जे होस् स्वबियु चुनाव देशका ठुला नेता देखी साना संगठन लाई समेत भब्य लाग्यो। अधिकाम्स ठाउमा नेकपा एमाले को भात्री संगठन अखिल ले कब्जा जमायो भने क्रमस नेबीसँग र अखिल(क्रान्तिकारी) ले भए. तर गत सोमबार काठमाडौं को रत्न राज्य र ल कयाम्पसको स्थगित चुनावमा नेबिसँग समर्थित यि बिध्यार्थी लाई चाँही निकै लगेछ चुनाव। शरीर भरी पोतियको नेबिसङगको यो झन्डा शाहीत यिनी सबैको आँखामा छायाक थिए।

01 March 2009

लाग्यो चुनाबी रन्को।



नेपालमा चैत्र ६ गते हुन लागेको स्वबियु चुनाव काठमाडौं लगायत देश का सम्पूर्ण कलेजमा निकै लागेको छ । तर सर्बहारा पार्टी का भात्री संगठन भन्ने विद्यार्थी संगठन हरुको चुनाबी प्रचार प्रसार देख्दा जो कोही पनि छक्क नपर्ला भन्न सकिदैन। सर्बहारा र गरीब जनता का छोरा छोरी ले पढ्ने कालेज मा यत्रो खर्च कहाबाट आयो होला? बेहुली झै सिगरियका कालेज र भित्ता हरु देख्दा लाग्छ हाम्रा पार्टी र यिनका संगठन निकै धनी छन। जे होस् प्रचर प्रसार मा निकै पैसा खार्चेका संगठन हरुले विद्यार्थी को मन चाँही कतिको जित्छन हेर्न बाँकी छ।

लाग्यो चुनाबी रन्को।






27 February 2009

भित्र के छ।।।


खोलियो नारायणहिटी बदयो भिड।
गनतन्र आए पछी पूर्व राजाको बासस्थान नारायणहिटी दरबार सर्बसाधारणका लागि खुल्ला गरियको छ। गनतन्र नेपालका नाइके पुष्प कमल दाहाल प्रचन्ड लगायतका नेताहरु हिजो नै नारायणहिटी सँग्रालय पसे पनि आज देखी सर्बसाधारण नेपालीको लागि खुल्ला गरियको छ। धेरै नेपालीलाई रहस्य को बिषय बनेको यो दरबार मा टिकाट कतेर छिर्न पाउने भयपछी तछाड माछाड गर्दै पुगे दरबार हेर्न । जयनेपाल हल सम्म पुगेको लाइनमा घण्टउ कुरेर भित्र पसे त कोही लाइन मा बसेर समेत हेर्न नपाएपछी रिसायर समेत फर्किय। आज मात्रै जम्मा १७७५ जना ले सङ्रालय अबलोकन गरेकाछन।

मेरो पालो कहिले आउछ?




नारायणहिटी सङ्रालय हेर्न लाइन मा पलोकुर्दै सर्बसाधारण

23 February 2009

महा नै भयो महशिवरात्री


महाशिवरात्रिको दिनमा पशुपतिनाथको दर्शनका लागि आउने श्रद्धालुको संख्या अघिल्ला वर्षभन्दा वृद्धि भएको छ । ६-७ घन्टासम्म लाइनमा बस्दा पनि दर्शन गर्न नपाएको भक्तालुले गुनासो गरे । पटक पटक प्रहरी सँग दर्शनअर्थिको झडप परेको देखिन्थ्यो। बिशेष गरी युवा-युवतिको जथ्था बाबाहरु सँग गाजा खानमा ब्यस्त देखिन्थे। सरकारले सादु सन्तलाई समेत गाज भाङ खान नदिने बाताए पनि खुलेआम सबैले एसको प्रयोग गरेको देखियो। ब्यबस्थापन को हिसाबले यो बर्ष पशुपतिनाथ क्षेत्रमा निकै कमजोरी देखिन्थ्यो। फोहोर पनि राम्रो सँग हटाइएको थियन।

गाज चुरोटमा राखेर बेच्न बसेका साधु जस्को मुल्य चुरोटको २० देखी ४० र कुल्फिको १०० सम्म पर्दछ

पशुपतीनाथ मा सर्दालु दर्सनार्थिको भिड.

भिड नियन्त्रण गर्दै प्रहरी।

बाबा सँग गन्जा तान्दै युवाहरु

22 February 2009

फेरी आयो गाजा खाने दिन


हिन्दू हरु को महान चाड शिवरात्रि पर्ब भोली मनाइदै छ।
बिशेष गरेर भगवान शिवजी को पूजा गरेर मनाइने यो चाड मा पासुपत क्षेत्रमा श्रदालु को निकै घुइचो लाग्ने गर्दछ। भगवान सिवजिको प्रशादको रुपमा ग्रहण गरिने गाज लगायत का लागुऔसद पनी भोली खुलेआम सादु सन्तहरुले बेच्ने गरेको पाइनछ। पशुपतिनाथ को दर्शन गर्न भनी देश बिदेशबाट भक्तजन्को घुइचो लगिसकेको छ।

पशुपतिमा जम्मा भएका सदुहरु

16 February 2009

को होला बिजय?




नेकपा एमालेको आठौ माहाधिबेसन बुटवलमा भब्यता का साथ सम्पन्न हुँदै छ। महाधिवेशन फागुन १० गतेसम्म चल्नेछ। महाधिवेशनमा १ हजार ४ सय १५ पुरुष र ३ सय ९६ महिला गरी १ हजार ८ सय ११ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। एमालेको यो माहाधिबेसन ले देसमै निकै चर्चा पायको छ।नयाँ नेत्रित्व ले एमाले लाई कहाँ पुर्याउने हो?

13 February 2009

प्रकृतिमा पनि हुन्छ माया



यो कसैले बनाएको होइन आँफै बादलले दिएको भ्यालेनटाइन को शुभकामना ।
नेपालमा पनि भ्यालेनटाइन मनाउन थालियको छ । खास गरी युवा माज चर्चित र परिचित यो पर्ब पश्चिमा मुलुक बाट आए ता पनि प्रणय सुत्रमा बादिने युवाहरुको निकै ठुलो पर्ब नै हो।

Happy valentine

10 February 2009

तेसैत जोगो भाङ खाको


काठमाडौंको अती ब्यस्त स्थान रत्नपार्कमा बेबरिसे अवस्थामा छाडियको बिग्रिएको यो टेम्पो कस्ले वास्ता गर्ने? तेसैत ट्रफिक जाम भईरहने रत्नपर्कमा यो टेम्पो तेसैत जोगो भाङ खाको भाको छ । नजिकैका ट्राफिक लाई समेटा वास्त नगरि कहाँ गए होलन यसक चालक। मानिसहरु नियम र कनुनको पालना नगरेपनी अलिकती पनि लाज मानेर भयपनी कर्तब्य को ख्याल राखेमा पनि यस्ता समस्या बाट त छुट्कारा पाइन्थ्यो।
हाम्रो घैटामा घाम कहिले लाग्ने?

08 February 2009

आक्रमण प्युठान मा।


प्युठान जिल्लाको नक्सा अनी आक्र्मन भएको ठाउँ रातो घेरामा।

१२ बर्से जनयुद्द बाट भर्खर सास फेरेको देशले फेरी अर्को युद्दको समाना गर्नु पर्ने संकेत देखियको गत रती प्युठानको स्याउलिवाङ प्रहरीचौकीमा अग्यात समुहले आक्रमण गरी एक प्रहरिको हत्या गर्नुको साथै हतियार समेत लुटेर लगेको छ। नयाँ नेपालको सपना देखाएर ससत्र युद्द सुरुगरेको माओवादी अहिले सरकारको नाइके भएको छ तर तेसैको सिको गरी युद्द मा होमिने प्रबिर्ती नेपालमा निकै मौलयको छ। यस बिषयमा सरकार को नाइके मओवादी लगायत सम्पूर्ण दल हरु समयमै सचेत हुन जरुरी छ। नत्र नेपाली जनताले फेरी सास्ती खेप्न नपर्ला भन्न सकिदैन।

19 January 2009

बदमाश चादनि चोक टु चाइना


शुक्रवार देखी भारत लगाएत विश्व का धेरै देश संगै नेपालमा पनि एक हिन्दी चलचित्र रिलीज भयो चादनी चोक टु चाइना नेपालमा स्तरीय चलचित्र नबन्ने कारणले नै हामी नेपालीहरु मनोरञ्जनका निम्ती हिन्दी र अग्रेजी चलचित्रका सिकार भएका छौ। तर हामी नेपाली चलचित्र बजारमा लाखौ करौडौको व्यापार गर्ने हिन्दी चलचित्रले नेपालीको खिल्ली उडाएको हामी वास्ता गरीरहेका छैनौ। चादनी चोक टु चाइना मा प्रस्ट संग वुद्धको जन्मथलो भनि भारत लाई भनेको छ।


उस देश मे जहा भगवान वुद्धका जन्म हुवा” चलचित्रको सुरुवात संगै भारतलाई सम्वोधन गरीएको उक्त संवादले जति भारतको शिर विश्व सामु उचो बनाएको छ त्यति नै नेपाल र नेपालीको खिल्ली उडाएको छ। विश्वका पचासँै देशमा एक साथ रिलीज भएको यो चलचित्रले विश्वका अरवौ मानिसलाई भगवान गौतम वुद्धको जन्म भारतमा भएको भनि गलत प्रचार फैलाउदा समेत नेपाल सरकार र सम्वन्धित निकाय चुपचाप बसिरहेको छ।

उक्त चलचित्र बाट कैद गरिएको भनाइ हेर्नुहोस् चित्रमा

उक्त चलचित्र बाट कैद गरिएको भनाइ हेर्नुहोस् चित्रमा


उक्त चलचित्र बाट कैद गरिएको भनाइ हेर्नुहोस् चित्रमा

बदमाश चादनि चोक टु चाइना


हुन त सरकारको त के कुरा गर्नु भारतले दिन दहाडै नेपालको सिमा लुट्दा समेत निदाएर बस्ने यो सरकारलाई यो त सानो कुरा लाग्न सक्दछ। तर हाम्रो यति ठुलो सास्कृतिक पक्षलाई गलत सुचना सम्प्रेसण हुन हामी सम्पूर्ण नेपाली जुट्न आवश्यक देखीन्छ। पटक पटक भारतले भगवान वुद्ध आ207नो देशमा जन्मेको दावी गरेतापनि नेपालमै जन्मेको प्रमाणित भएको छ। अस्ति भर्खर नेपाली सिमामा भारतले गरेको अतिक्रमणको सत्यताको एउटा वृतचित्र “ग्रेटर नेपाल” भारतिय राजदुतावासको आदेशमा नेपाल सरकारले प्रदर्शनमा रोक लगायो। जुन सत्य थियो तर नेपाल भारत सम्वन्धमा नराम्रो असर पर्ला भनी देशका चालकले आफना जनताको सुचना हक मा समेत कुठाराधात गर्दै भारत सरकारको आदेश माने। तर विश्व समुदायले वुद्धको देश मान्दै आएको नेपाल आफनो वारेमा गलत सुचना सम्प्रेसण हुदा समेत कुम्भकर्ण सुताईमा निदाइरहेको छ। अव हामी नेपाली जुट्न जरुरी हाम्रो अस्तित्व रक्र्ष्ँाथ भारत वाट भएको यो सास्कृतिक आक्रमण प्रति। किन मौन छन? सम्वन्धित निकाय, र किन मौन छौ हामी हिन्दी चलचित्र प्रेमी? जुट्न जरुरी छ अब हामी नेपाल सरकारलाई दवाव दिन कि उक्त संवाद सो चलचित्र बाट हटाउन र निर्माण पक्षलाई सो संवादका लागी माफि मगाउन। कतै जनताको आवाज सुन्छ की सरकार?

18 January 2009

रहेनन ईन्द्र लोहनी ।


टेलिभिजन संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको शुक्रबार साँझ राजधानीमा निधन भएको छ। छातीमा अचानक अप्ठेरो महसुस गरेपछि उनलाई उपचारका लागि नर्भिक अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याउनु अगाडि नै उनको निधन भइसकेको चिकित्सकले बताएका छन्।
४१ वर्षीय लोहनीले कान्तिपुर टेलिभिजनमा ´बहस´ नामको टक शो चलाउँथे भने अधिवक्ताको पनि काम गर्दै आएका थिए। कानुन व्यवसायी लोहनी यसअगाडि सर्वोच्च बारका सचिव थिए।
शुक्रबार अपरान्ह ५ बजे उनी ५ वर्षकी कान्छी छोरीलाई लिएर गुहेश्वरी घुम्न गएका थिए । गाडीमै उनी बेहोस भएपछि उनलाई चिन्ने एक व्यक्तिले उनलाई घर पुर्‍याएका थिए । उनलाई करिब ७:३० बजे अस्पताल पुर्‍याइएको थियो ।

झापा तोपगाछी ८ स्थायी घर भएका लोहनीका एक श्रीमती र १० र ५ बर्षका दुई छोरी छन्।

11 January 2009

गणतान्त्रिक नेपालको उपहार सोह्र घन्टे लोडसेडिङ


आईतवार देखी लोकतान्त्रिक गणतन्त्र नेपालमा सोह्र घन्टे लोडसेडिङ हुँदै छ। उर्जा संकट को घोषणा गरिसकेको नेपाल सरकार ले नयाँ नेपालका नेपाली लाई राहत को खबर दिनाको साटो हरेक हप्ता नयाँ लोडसेडिङ को तालिका को सुचना दिएर टाउको दु:खाउदै छ। जसको कारण साना साना देखी ठुला ब्यवसाय समेत मारमा परेका छन्। भ्यगुते उफ्राइमा आर्थिक छलाङ मार्ने भाषण खोक्ने बर्तमान सरकार का चालक हरु किन यस्तो बिकराल समस्या प्रती अलिकती पनि नतातिएका होलन? देश र जानताको भन्दा सरकारअको आयु कसरी लामाब्यर तलब र भात्ता पचाउन सकिन्छ भन्ने सोचाइमा तल्लिन नेताहरु कहिले बुज्थे जनताको दु:ख। बेरोजगार युवा लाई रोजगारिको ब्यबस्थ गरी बेरोजगारी घटाऊने अर्थमन्त्री क सपना पनि सपना मै सिमित होला लोडसेडिङले साना साना ब्यवसाय गरी स्वरोजगरिमा लागेका को रोजी रोटी समेत खोसेको छ। अखिर नयाँ नेपाल भनेको राजा बिनको गणत्रान्त्रिक नेपाल मात्र होत? होइन भने कहिले महसुस गर्ने नेपालीले नयाँ नेपालको अनुभुती?

09 January 2009

अब टेलिभिजन पनि हेर्न नपाईने।

लोदसेदिङ का कारण विद्युत् अभावमा खर्च धान्न नसक्ने भन्दै निजी टेलिभिजन च्यानलहरूले ५ घन्टा प्रसारण रोक्ने भएका छन् । कान्तिपुर, इमेज, एभिन्युज, सगरमाथा र एबीसी टेलिभिजनले बन्दको घोषणा गरेका छन। यस अघी लुम्बिनिका एफ एम हरुले पनि पर्सारन मा कटौती गरेर बिरोध जनैसकेका छन। यसरी सबै संचार माध्यम ले समय कटौती गर्दै जानेहो भने जानतको सुचानाको हक के पो हुनेहो सम्बन्धित निकायले अहिलेयै बिचार पुरयाउन जरुरी छ। होइन भने शाही सरकार र गणतन्त्र नेपालको माओ सरकार को के भिन्नता।

06 January 2009

घट्ने भो एक महिना।

२०६६ साल ११ महिनाको मात्र हुनेछ र फागुनपछि वैशाख सुरु हुनेछ ।