19 January 2009

बदमाश चादनि चोक टु चाइना


शुक्रवार देखी भारत लगाएत विश्व का धेरै देश संगै नेपालमा पनि एक हिन्दी चलचित्र रिलीज भयो चादनी चोक टु चाइना नेपालमा स्तरीय चलचित्र नबन्ने कारणले नै हामी नेपालीहरु मनोरञ्जनका निम्ती हिन्दी र अग्रेजी चलचित्रका सिकार भएका छौ। तर हामी नेपाली चलचित्र बजारमा लाखौ करौडौको व्यापार गर्ने हिन्दी चलचित्रले नेपालीको खिल्ली उडाएको हामी वास्ता गरीरहेका छैनौ। चादनी चोक टु चाइना मा प्रस्ट संग वुद्धको जन्मथलो भनि भारत लाई भनेको छ।


उस देश मे जहा भगवान वुद्धका जन्म हुवा” चलचित्रको सुरुवात संगै भारतलाई सम्वोधन गरीएको उक्त संवादले जति भारतको शिर विश्व सामु उचो बनाएको छ त्यति नै नेपाल र नेपालीको खिल्ली उडाएको छ। विश्वका पचासँै देशमा एक साथ रिलीज भएको यो चलचित्रले विश्वका अरवौ मानिसलाई भगवान गौतम वुद्धको जन्म भारतमा भएको भनि गलत प्रचार फैलाउदा समेत नेपाल सरकार र सम्वन्धित निकाय चुपचाप बसिरहेको छ।

No comments: