20 December 2009

हिन्सत्मक भयो मओवादी आन्दोलन।


माओवदिले पहिलो र दोर्सो चरणको आन्दोलन शान्तिपूर्ण तवरले सडकमै छामछमि नाचेर सबैलाई चकित बनायता पनि तेस्रो चरणको आन्दोलन निकै तनाबपूर्ण रह्यो। माओवादीले आह्वान गरेको तीनदिने आमहड्तालको पहिलो दिन शान्तिपूर्ण हुन सकेन। हड्तालले मुलुकभरिको जनजीवन निकै प्रभावित भएको छ। उद्योग,कलकारखाना शैक्षिक संस्था तथा बजार बन्द छन्। आइतबारको माओवादी व्यवहार हिंसात्मक भएको मूल्यांकन गर्दै गृह प्रशासनले सोमबारका लागि सुरक्षा रणनीति सशक्त पार्ने ठहर गरेको छ।

तीन दिने हड्तालको पहिलो दिन माओवादी कार्यकर्ता केही स्थानमा हिंसात्मक रुपमा प्रस्तुत भएका छन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सामेल बैठकले माओवादी आन्दोलन हिंसात्मक भएको निष्कर्ष निकालेको थियो। आमहडतालको पहिलो दिन राजधानीमा माओवादी प्रदर्शन हिंसात्मक हुनपुग्यो। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको नेपाल कार्यलयले आइतबारको बन्द जनआन्दोलन 'दोस्रो जनआन्दोलनपछि कै सबैभन्दा खराव हिंसात्मक अबस्था' भएको टिप्पणी गरेको छ।

माओवादी राष्ट्रसंघीय सम्मेलनमा भाग लिई विमानस्थल उत्रिएका प्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारसम्म पुर्‍याउन सडक अवरोध हटाउने प्रयास गर्दा नयाँ वानेश्वर र गौशालामा सुरक्षाकर्मी-माओवादीबीच झडप भयो। वानेश्वरमा प्रहरीले पानीका फोहोरा, अश्रुग्यास तथा लाठीचार्ज गरेको छ।

वानेश्वर झडपमा १९ प्रहरी घाइते भएका छन्। माओवादीले आफ्ना २ सभासद सहित ५० घाइते भएको जनाएको छ। वानेश्वरमा झडपमा प्रहरीले गोली चलाएको आरोप माओवादीले लगाएको छ। प्रहरी लाठी चार्ज गर्दा मा‌ओवादी सभासद यशोदा सुवेदी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

प्रधानमन्त्री माधवकुमार नेपाललाई स्वागत गर्न विमानस्थल हिँडेका पर्यटन राज्यमन्त्री सत्रुघ्न महतोको गाडी माओवादीले तोडफोड गरेका छन्। माओवादी प्रदर्शनले उग्र रुप लिएको बुझेपछि प्रधानमन्त्रीले औपचारिक भ्रमणका लागि राष्ट्र-सरकार प्रमुखले विमानस्थल आउँदा-जाँदा प्रयोग गर्ने नयाँ वानेश्वरको रुट बदलेका थिए। उनी गौशाला-कालोपुल हुँदै निवास बालुवाटार पुगेका थिए।

प्रदर्शनकारीले पुतलीसडक, बत्तिसपुतली र नयाँ बानेश्वरमा पाँच सवारी साधनमा तोडफोड गरेका छन्। माओवादीले शहीद गंगाला हृदय रोग केन्द्रको गाडी गौशालामा तोडफोड गरेका छन्। अस्पतालका स्टाफ ओसार्न प्रयोग गरेको बा.१.झ ५१६८ नम्बरको गाडीमा माओवादी ढुंगा प्रहारबाट क्षति पुगेको छ।

हड्तालका क्रममा एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग तथा अस्पतालका सवारी साधन निर्वाध चल्न दिने भने पनि माओवादीले आफ्नो भनाइ आइतबार व्यवहारमा लागू गरेको देखिएन। बिरामी बोकेर कुदिरहेका एम्बुलेन्स, लगयत पत्रकार समेत माओवादी अवरोधको शिकार भए।

1 comment:

RB Ghimire said...

keep it up! ur blog update!!
Nice c u on this blog!!