30 December 2008

प्रकृति सङ्ग को रमौदैन होला ?



काठमाडौं को कोलहाल्,धुलो धुवा बाट केही टाढा पर्यटकिय स्थल नगरकोटमा जदा प्रकिती सँग रमाइरहेको बेला कैद गरियको मेरो तस्बिर्। यहा बाट मनोरम् हिमश्रीन्खल का साथै मनमोहक् द्र्श्य को आबलोकन् गर्न सकिन्छ।
पर्यटक हरुको गन्तब्य स्थल बनेको नगरकोटम दिनहु स्वदेसी तथा बिदेसी
पर्यटक्को घुइचो लाग्ने गर्दछ।
यहा बाट मनोरम हिम्श्रीन्खल क साथै मनमोहक दिर्स को आबलोकन गर्न सकिन्छ। बाट मनोरम हिम्श्रीन्खल क साथै मनमोहक दिर्स को आबलोकन गर्न सकिन्छ।

Picture From Nagarkot View Tower

Nagakot


नगकोट बाट कैद गरियको द्रिश्य।

24 December 2008

हिमाल खबर पत्रीकामा आक्रमण फेरी अदिनायकबाद जन्मदै.


माओवादी कार्यकर्ताको एक समूहले आइतबार हिमाल खबरपत्रिकाको कार्यालयमा आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ । हात्तीवनस्थित कार्यालयको समाचार कक्ष र छापाखानामा मध्याह्न १२ बजे प्रवेश गरी सो समूहले पत्रकार तथा कर्मचारीमाथि आक्रमण गरेको मिडियाले जनाएको छ ।

आक्रमणमा मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, आर्थिक अधिकृत बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ घाइते भएका छन् । हिमाल मिडियामा भएको आक्रमणको विभिन्न सञ्चार संस्था र मानवअधिकारवादी संघसंगठनले विरोध गरेका छन् ।
यसैबीच, हिमाल खबर पत्रिकामा कार्यरत सञ्चारकर्मीमाथि माओवादी मजदुर संगठनका कार्यकर्ताले गरेको आक्रमणको संविधानसभा सदस्यहरूले निन्दा गरेका छन् ।

16 December 2008


काठमाडौं अन्तराष्टिय पार्वतीय चलचित्र महोत्सवमा चलकित्र नियाल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमी.
'आइ वान्ट माइ फादर ब्याक' ले उत्कृष्ट अवार्ड चुम्दै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव -किम्फ) सोमबार सकियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत ३२ चलचित्र उछिनेर सर्वोत्कृष्ट भएको हो । वृत्तचित्रले नगद १५ सय अमेरिकी डलर र प्रमाणपत्र पायो । दोस्रो अवार्ड बेलायती वृत्तचित्र 'द डे आफ्टर पिस' र नेपाली-मैथिली समाजको नारी स्थिति उतारिएको लघु चलचित्र 'चौकैठ' -थ्रेसहोल्ड) ले तेस्रो अवार्ड चुम्यो ।

15 December 2008


बिरोध कस्को गर्ने ?
नारी नग्याइने प्रतियोगिता भनी अहिले को मिस नेपाल हुन दिएन तर मिस नेपाल को ठाडो बिरोध गर्ने हरुको आँखा चाँही यि तस्बिर म किन नगयको होल? नरिलाई नारी को बौदिकता भन्दा सुन्दरता मा र अङ पर्दर्शन बढी गरेको आरोप लगाएर मिस नेपाल लाई रोक्ने ले कतै यि नेपाली नारिका तस्बिर देखेनन कि?
नेपाली ईन्टरनेट पत्रीका साईबर संसार डट काम बाट लिएको यि तस्बिर खुले आमा नै नेपाली पत्रीका मा हेर्न पाईन्छ । खै छापा मा बिरोध को समाचार सुनिने संगठन अनी एन जि ओ को बिरोध ?

11 December 2008


(धन्न बचेछ यो सलिक)
काठमाडौं को दरबारमार्ग मा रहेको यो राजा महेन्द्रको सालीक गणतन्त्र नेपालमा रजतन्त्र को झल्को दिने सयद् सबै चिनारि हरु मेतैदै छन्। नेपलि माज पुरनो राजतन्त्र को झ्लको दिने यो सलिक कसरि बचेको हो आफ्नो अस्थित्व बोकेर।ग्रिहमन्त्रि बामदेव गौतम ले समेत पुर्व राजा क सलिक हटाएर सङ्रलय मा रख्नसकिने बताए पछि यो कतिन्जेल येह ठडिनेहो हेर्न बकि नै छ.

09 December 2008


नेपाली युवाको सान (अब युवा केही गर्न सक्छन)।
नेपाली युवा इन्जिनियरहरुले बनाएको जहाज' डाँफे' थियो।पोखराको आकाशमा सफलतापूर्वक उडाइएको डाँफेले तीन बर्षपछि परीक्षण उडानका लागि अनुमति पाएको हो ।

युवा इन्जिनियर विकास पराजुलीको नेतृत्वमा रहेको टोलीले तीन वर्ष अगाडि नै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यो जहाज बनाएका थिए। पराजुलीको नेतृत्वमा सात जना विद्यार्थीले डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप खडा गरी यो विमान निमार्ण गरेका हुन्।
करिब १० लाख रुपैयाको लागतमा निमार्ण भएको डाँफे दुई घन्टासम्म एक किलोमिटर प्रतिघन्टाका दरले ६ हजार फिटसम्म उड्ने नेपाली युवा वैज्ञानिकहरुले बताएका छन्। डाँफेमा अस्ट्रियन प्रविधिको इन्जिन जडान गरिएको छ। ४ सय किलो ग्राम तौल धान्ने क्षमता रहेको जहाजले ५० लिटर इन्धन लिएर दुइ घन्टा लगातार उडान गर्नसक्छ।

नागरिक उड्डयन प्राधिकरणले यही मंसिर पहिलो साता यस जहाजलाई उडान अनुमति दिएपछि यो जहाजले आकाश चुम्ने मौका पायो भने नेपाली युवा वैज्ञानिकहरुले आफ्नो प्रतिभालाई फैलाउने सपना पुरा गरे। रसियन पालट अलेक्जेन्डर म्याक्सिमोभले उक्त नेपाली जहाजलाई जमिनबाट १५ फिटमाथि हावामा एक मिनेटसम्म तैराएका थिए। धावनमार्गमा ७३.३२ किमि प्रतिघन्टाको गतिमा १५.३२ मिटर गुडेपछि यसले जमिन छोड्छ। म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन्।
यो उडान हेर्न विज्ञान तथा प्रविधि मन्त्री गणेश साह पनि पोखरा पुगेका थिए। साहले डाँफे निमार्णमा भएको खर्च सरकारले तिर्ने बचन दिएर युवा वैज्ञानिकहरुलाई हौसाएका थिए। विज्ञहरुले यस जहाजलाई दक्षिण एसियाकै नयाँ उत्पादन भएको बताएका छन्।

नेपालमै नेपाली युवा बैज्ञानीक ले बनएको नेपाली बिमान जसलाई डान्फे नाम दीएको छ।

नेपालमै नेपाली युवा बैज्ञानीक ले बनएको नेपाली बिमान जसलाई डान्फे नाम दीएको छ।
picturefrom www.pokharacity.com

05 December 2008



यो मन त मेरो नेपाली हो (नेपालको सान)
विश्व साइकल यात्री पुषकर शाह साइकल यात्रा कै क्रम मा हाल एमन को राजधानि साना पुगेका छन्। साइकलयात्रा बत नेपाल लाइ बिश्व सामु चिनाउन मा उनको थुलो भुमिका रहेको छ।

picture from www.pushkarshah.com

picture from www.pushkarshah.com

04 December 2008


(चक्रपथ स्थित नारायण गोपालको सालीक यस ठाउलाई नारायणगोपाल चोक नमाकरन् गरियएको छ।)
आज मंसिर १९ गते स्वर सम्राट नारायण गोपाल को १८ औ पुन्य तिथी मा हार्दिक सर्दन्जली अर्पन गर्न चाहन्छु।
बिक्रम सम्बत्त २०४७ साल मंसिर १९ गते काठमाडौं को वीर अस्पातल मा उहाको देहावासान भएको थियो।