18 January 2009

रहेनन ईन्द्र लोहनी ।


टेलिभिजन संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको शुक्रबार साँझ राजधानीमा निधन भएको छ। छातीमा अचानक अप्ठेरो महसुस गरेपछि उनलाई उपचारका लागि नर्भिक अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याउनु अगाडि नै उनको निधन भइसकेको चिकित्सकले बताएका छन्।
४१ वर्षीय लोहनीले कान्तिपुर टेलिभिजनमा ´बहस´ नामको टक शो चलाउँथे भने अधिवक्ताको पनि काम गर्दै आएका थिए। कानुन व्यवसायी लोहनी यसअगाडि सर्वोच्च बारका सचिव थिए।
शुक्रबार अपरान्ह ५ बजे उनी ५ वर्षकी कान्छी छोरीलाई लिएर गुहेश्वरी घुम्न गएका थिए । गाडीमै उनी बेहोस भएपछि उनलाई चिन्ने एक व्यक्तिले उनलाई घर पुर्‍याएका थिए । उनलाई करिब ७:३० बजे अस्पताल पुर्‍याइएको थियो ।

झापा तोपगाछी ८ स्थायी घर भएका लोहनीका एक श्रीमती र १० र ५ बर्षका दुई छोरी छन्।

No comments: