25 June 2009

कति क्रुर हत्या ?



picture from nagariknews.com
ख्याती श्रेष्ठ हत्या प्रकरणका अभियुक्त वीरेन प्रधानले अपराधमा संलग्न अन्य व्यक्तिले टाउको फ्याँकेकोले आफूलाई थाहा नभएको भन्ने अडान मंगलबार रात अबेर छाडे। शवका टुक्रा कहाँ कहाँ फ्याँकेको भन्ने जानकारी उनले पक्राउ परेको तीन दिनमा खटाइ-खटाइ दिएका हुन्।

सकेसम्म ढाँट्न उपाय खोज्ने प्रवृति र प्रकरणको समग्र कार्यशैली मोडस अपर् यान्डी का आधारमा अभियुक्त प्रधान अनुभवी अपराधी भएको निष्कर्षमा प्रहरी पुगेको छ। 'एउटा अनुभवी अपराधीले मात्रै यी सबै गर्नसक्छु एक अनुसन्धान अधिकृतले भने 'उनको विगत पनि खोतल्नुपर्ने अवस्था आएको छ।'

प्रधानको विगत संवेदनशील वर्गसँग नजिक देखिएकोले अनुसन्धान त्यो कोणबाट अघि बढ्ने प्रहरी अधिकृतको भनाई थियो। खर्चालु जीवनशैली र अपराध पृष्ठभूमिका स्वदेश्ाीहरुको बढी आउजाउ हुने क्यासिनो मोहलॆ प्रधानको अपराधवृतिको आँकलन सहज पार्ने पनि उनले बताए।

'आफ्नै पूर्व विद्यार्थीलाई अपराधमा उद्यत गराउने अभियुक्तले अरुसँग के के गरे भन्ने खोजीको विषय हो' अधिकृतले थपे। अनुसन्धान अब विगतमा फेला परेका टुक्राइएका शव र तीसँग सम्बन्धित घटनातिर विस्तार हुने बताइएको छ।

'अपराधमा अभियुक्तको यो पहिलो अनुभव होइन भन्ने हाम्रो ठहर हो। तर यसमा पनि अनुसन्धान हुन्छु अनुसन्धान अधिकृतहरुको निष्कर्षबारे प्रतिकि्रया माग्दा महानगरीय प्रहरी परिसरका प्रमुख नवराज सिलवालले भने।

गत जेठ २२ मा १९ वर्षीया ख्याती श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका ४२ वर्षीय प्रधानले १४ वर्ष लामो शिक्षण पेशा गत वैशाखमा छाडेका थिए। उनी एकदमै अन्तर्मुखी स्वभावका र पहिले आफ्नो झोंकी स्वभाव परिवारसमक्ष समेत डरलाग्दो रुपमा प्रकट गरेको नजिकबाट चिन्नेहरु बताउँछन्।
खुिसंबुमा एक वर्ष डेरा गर्दा उनले विरलै मात्र छिमेकीहरुसँग बोलेका थिए।


प्रधानको बयानअनुसारै प्रहरीले गोलढुङ्गा गाविसस्थित मुड्खुमा सडकबाट डेढ सय मिटर तल रानीवनमा शवको टाउकोपट्टिको भाग फेला पारेको हो।

कार्टुनबाट उछिट्टिएर निस्केको अवस्थामा फेला परेको टाउको क्षतविक्षत अवस्थामा थियो। अभियुक्त प्रधानले शवलाई टुक्रयाएर फि्रजमा राखी क्रमशः विभिन्न ठाउँमा फ्याँकेको बयानमा उल्लेख गरेका थिए।


यसैगरी ख्यातीको परिवारसँग अभियुक्त प्रधानले लिएको फिरौती रकममध्ये साँढे तीन लाख रुपैयाँ अर्की आरोपी १६ वर्षीया किशोरीको घरमा फेला परेको पनि प्रहरीले जनाएको छ। किशोरीको ईचंगुनारायणस्थित घरको अध्ययनकोठामा पुस्तक र् याकभित्र किताबले लुकाइराखेको अवस्थामा रकम फेला परेको हो। प्रहरीले बुधबारसम्ममा विभिन्न स्थानमा प्रधानले राखेका झण्डै नौ लाख रुपैयाँ बरामद गरिसकेको छ। उनले एक सहकारी संस्थामा साँढे चार लाख राखेका थिए।

प्रारम्भिक बयानका क्रममा अभियुक्त प्रधानले घटनामा संलग्न अन्यको भाग कटाएर आफ्नो भागमा साँढे दुई लाख मात्र परेको र त्यसमध्ये डेढ लाख क्यासिनोमा हारेको बताएका थिए। उनले पक्राउ परिहाले पनि आफ्नै भविष्यका लागि भनेर मतियार अभियुक्त किशोरीलाई रकम राख्न दिएको प्रहरीसँग बताएका छन्।

तीन फरक ठाउँमा फ्याँकिएका शवका टुक्रा फेला परेपछि तयार स्वरुपलाई प्रहरीले विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गराई यकिन गर्ने भएको छ। अनुसन्धान अधिकृतहरुले अभियुक्तविरुद्धका प्रमाण स्थापित गर्ने प्राविधिक तयारीमा लागिपरेको बताए।

एक्ली छोरी ख्याती पढाउन भनेर दुई वर्षअघि काठमाडौं आउँदा विराटनगरका गोपाल र राधा श्रेष्ठले प्रधानको बालाजुस्थित तत्कालिन घरमा डेरा गरेका थिए। त्यो घर बेचिएपछि गत वर्ष त्यहाँबाट अनामनगर सरेको उनीहरुको डेरामा प्रधान अपहरणको केही दिनअघि पुगेका थिए। योजनावद्ध अपहरण र हत्यापछि उनले ख्यातीको परिवारसँग १० लाख रुपैयाँ फिरौती पनि लिएका थिए।


प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले यो घटनाको प्रारम्भिक नियत फिरौती नै भएको देखिने बताएका छन्। बुधबार राजधानीमा माडबारी समुदायले आफ्नो सुरक्षाको विषयलाई लिएर आयोजना गरेको अन्तक्रियामा उनले भने 'क्लोरोफम सुँघाएपछि अपहरितको मृत्यु हुँदा आत्तिएर शव लुकाउन टुक्राएर फालिएको हुनसक्छ।'



म‌गलबार दिउँसो उनी हिरासतको भित्री आँगनमा डुलिरहेका थिए। प्रहरीका हजाम आएपछि दाह्री खौरन लगाए। पाइन्टको भित्री खल्तीबाट सय रुपैयाँको नोट झिके हजामले पर्दैन भने। त्यसपछि अर्का थुनुवालाई ट्युबवेल ठेल्न लगाई मुख र टाउको धोए। सँगै मतियारको आरोप लगाइएकी किशोरी आफ्नै धुनमा थिइन्। वीरेनले किशोरीसँग पनि छोटो कुराकानी गरे।

१९ वर्षीया विद्यार्थी ख्याती श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका वीरेन प्रधानको चालढाल हेर्दा लाग्थ्यो उनी आफ्नै घरकरेसामै छन्। दुई तलामाथिको बरण्डाबाट हेर्दा देखियो उनले सबै थुनुवासँग हँसिलो मुख देखाउन खोज्दै थिए।

हत्या गरेर शवलाई टुक्राटुक्रा पारी विभिन्न ठाउँमा फ्याँक्ने अति क्रुर अपराधका आरोपीले यस्तो निर्धक्क व्यवहार देखाइरहँदा अनुसन्धान अधिकृत समेत अचम्भित भइरहेका थिए।

पक्राउलगत्तै आरोप स्वीकार गरेको भनिएका प्रधानले प्रहरीसँग दुई सर्त राखेका थिए साचारमाध्यममा तस्बिर नदिने र कसैसँग भेट नगराउने। उनलाई सोमबार दिनभरि कोही भेट्न पनि आएनन्। सोमबारका छापामा आफ्नो तस्बिर छापिएको थाहा पाएपछि उनले घुक्र्याउन खोजेको एक प्रहरीले बताए।

प्रहरीका अनुसार सुरुमा अतिकति 'फिल' गरेजस्तो देखिएका वीरेनले आफ्नो जटिल चरित्र फेरि देखाउन थालेका छन्। शवको टाउकोतर्फको भाग कहाँ छ भनेर उनले अझै बताएका छैनन्। उनकै बयानका आधारमा चितवनबाट हात र खुट्टा ल्याइएको प्रहरी बताउँछ। उनले अपराधमा संलग्न भनेर पोलेका अन्य तीन जनालाई टाउकाका विषयमा थाहा भएको भन्दै आएका छन्। तीनै जनालाई क्यासिनोमा चिनेको र उनीहरु भारतीय नागरिक भएको उनको दाबी छ।

स्रोतका अनुसार वीरेन फिरौतीवापत लिएको रकमका विषयमा कुरै गर्न चाहिरहेका छैनन् । रकम लिएलगत्तै क्यासिनो गएर डेढ लाख रुपैयाँ हारेको उनले प्रारम्भिक बयानमा बताएका छन्। उनले ख्याती परिवारबाट पाएको १० लाखमध्ये एक भाग मात्र आफूले लिएको समेत भनेका छन् । प्रहरीले उनीबाट ४० हजार रुपैयाँमात्र बरामद गरेको थियो । उनले मतियारको आरोप लागेकी किशोरीलाई समेत १४ हजार रुपैयाँ दिएका थिए । किशोरीको साथबाट बरामद नोट तिनै थिए जसको नम्बर ख्यातीका आफन्तले वीरेनलाई बुझाउनुअघि रातभर लगाएर टिपेका थिए।

"अपराधका क्रममा देखाएको चरित्र र अहिलेको व्यहोरा हेर्दा ऊ अझै उम्कने र पैसा जोगाउने आशमा देखिन्छ," एक प्रहरी अधिकृत भन्छन्।

view mere http://www.nagariknews.com