10 January 2010

राजमो को बन्द जनजीवन प्रभाबित


राष्ट्रिय जनमोर्चा को सडकमा बाक्लो उपस्थिती नभएपनी बन्दको प्रभाबपुरै परेको छ। बन्द भन्ने बित्तिकै चोक चोक मा ठुलो उपस्थिती देखिने गरियको मा यसपटक भने प्रदर्सन कारीको उपस्थिती न्युन देखिन्छ। ठाउँ ठाउँमा बन्दको अबग्या गरेको भन्दै जनमोर्चा का कार्यकर्ताले यातायातका साधनमा तोडफोड पनी गरेका छन। सङियताको बिरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले आइतबार आव्हान गरेको उपत्यका बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन चलेको छैन । गन्तव्यमा पुग्न सर्वसाधारण पैदल हिडेका छन् । जनमोर्चा कार्यकर्ताले विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । सोल्टी होटेल क्यासिनो नेपालको कर्मचारी बोकेको बसमा बिहान साढे ५ बजे बाफल क्षेत्रमा जनमोर्चा कार्यकर्ताले आगजनी गरेका छन् । प्रहरीले जनमोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । ललितपुरको कुमरीपाटी,डिल्लीबजार र पुतली सडक लगायतको क्षेत्रमा जनमोर्चाले सवारी साधनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
संघीयताको बिरोधमा जनमोर्चाले यसअघि सेति,महाकाली,कर्णाली,गण्डकी र धौलागिरी लगायतका अंचल बन्द गराइसकेको छ ।
प्रतिकारमा नेवा राज्य समर्थक
काठमाडौँ उपत्यका र वरपरका स्थानलाई एकपक्षीय रुपमा 'राज्य घोषणा' गरेको नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले बन्दको प्रतिकार गर्न प्रस्तावित नेवाः राज्यको झण्डासहित बसन्तपुरलाई केन्द्र बनाएर पटक पटक मोटरसाइकल र्‍याली निकालेका छन्। पहिलो र्‍याली बसन्तपुरबाट त्रिपुरेश्वर, कलंकी, बालाजु हुँदै बसन्तपुरमा टुंगिएको थियो। त्यसैगरी दोस्रो र्‍याली नयाँ बानेश्वरबाट चाबहिल, गौशालासम्म पुगेको थियो।

यसअघि बन्दलाई असफल पार्न आह्वान गरिएको पर्चा उनीहरुले काठमाडौँका विभिन्न स्थानमा बाँडेका थिए। समितिमा सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी लगायत दलका भ्रातृ संस्थाहरु आवद्ध छन्।

बंद मा सडक



रिक्सा र साइकल मार्फत गन्त्ब्य जादै..



खाली बानेश्वर चोक, गन्त्ब्य तिर जादै पैदल यात्री.



बन्दको प्रभावले देखियको खाली सडक..

09 January 2010

सकियो मातृकाको संबिधान यात्रा..

सन्की नेता भनी नाम कमाएका नेता मातृका प्रसाद यादबको सभासद पद आजै देखी टुंगियको छ। एकीकृत माओवादी परित्याग गरी पुरानै माओवादी पुनर्गठनमा लागेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत आजै संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई सभासद्को सदस्यता समाप्तीको जानकारी गराएका हुन्। तत्कालिन नेकपा माओवादी एकीकृत नेकपा माओवादीमा परिणत भएको अवस्थामा दलको निर्णय अस्वीकार गरेको धनुषाका मातृका र सिराहाका जगत समानुपातिकतर्फका सभासद् हुन्। सो पदमा निर्वाचन आयोगमा समानुपातिकको सूचीमा पेस गरेका नाममध्येबाट मधेसी समूहका २ जनालाई सभासद्मा मनोनीत गर्न माओवादीलाई बाटो खुलेको छ। उपसमितिले तयार गरेको प्रतिवेदनमा नयाँ दल खोलेको देखिएकाले सभासद् खारेज हुने उल्लेख थियो। उपसमितिको प्रतिवेदन र कार्यव्यवस्था परामर्श समितिको पुस १२ गतेको बैठकको परामर्शका आधारमा पद खारेज गर्ने निष्कर्षमा पुगेको नेम्वाङले सदनलाई जानकारी दिए।

मातृकाप्रसाद यादवले माओवादी र जनमोर्चाबीच भएको पार्टी एकतालाई अस्वीकार गर्दै २०६५ माघ २९ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पुरानै नेकपा माओवादीको पुनर्गठनमा लागेका थिए। उनीसँगै अर्का सभासद् जगतप्रसाद यादवले पनि एकीकृत माओवादी परित्याग थिए।

यस आघिनै बन्दुक उठाउन सक्ने साथै जनमुक्ती सेनाको गठन समेत गरिसकेको जरकारी तथा प्रचारबाजी गरेका यादवलाई यो निर्णय ले कस्तो असर पर्नेहो चाँही हेर्न बाँकी छ ।