03 December 2009

नेपालको चिन्ता बातावरण प्रती

















नेपालमा भोकमारी, बाढीपहिरो हैजाले हजारौ जनता मर्दा चुप्चप बस्ने हाम्रा देश चलाऊने नाइकेहरु विश्वमा बडिरहेको मौसम परिवर्तनको बिषयमा भने निकै अगाडि बदेका छन। विश्व समुदय लाई चुनौती दिदै सगरमाथाको कालापत्थरमा हुने मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्र पुगेका छन्। ५ हजार २ सय ४२ मिटर उचाइको कालापत्थरमा हुने बैठकमा भाग लिनु पूर्व त्यहाँको वातावरणमा घुलमिल हुन मन्त्रीहरु एक दिन अघि लुक्ला पुगेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरु आज लुक्लामा बस्नेछन्। 'हाइअल्टिच्युड' लाग्ने सम्भावनालाई ध्यानमा राख्दै भोलि शुक्रबार मन्त्रीहरुको स्वास्थ्य परीक्षणपछि मात्र कालापत्थर लगिनेछ। मन्त्रिपरिषद बैठक २० मिनेट जति लामो हुने स्रोतले जनाएको छ। मन्त्रीहरुलाई लुक्लाबाट हेलिकोप्टरबाट कालापत्थर उतारिनेछ। त्यसका लागि नेपाली सेना तथा श्री एयरको एमआइ सेभेन्टिन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
६ निजी बिमान तथा नेपाल एयरलाइन्सको एक बिमानले मन्त्री तथा अन्यलाई सगरमाथा आधार शिविर ल्याइपुर्‍याएको हो। प्रधानमन्त्री माधवकुमार नेपाल भने सेनाको हेलिकोप्टरमा इलामबाट सोझै लुक्ला विमानस्थल ओर्लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरुको लुक्ला आगमनसँगै उच्चस्तरीय सरकारी अधिकारी तथा चिकित्सकसमेत त्यहाँ पुगेका छन्। जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले विश्वकै अग्लो स्थानमा मन्त्रिपरिषद बैठक गर्न लागिएको हो। शुक्रबार बिहान १० बजे बस्ने मन्त्रिपरिषद बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने निर्णय गर्नेछ।
यो मन्त्रिपरिषद बैठकको रिपोर्टिङका लागि स्वदेशी तथा विदेशी मिडियाकर्मीको चहलपहल स्याङ्बोचेमा बढेको छ।

मन्त्रिपरिषद बैठक आफ्नो ठाउँमा हुन लागेकोमा स्थानीबासी दङ्ग देखिएका छन्। ३ हजार ७ सय मिटर उचाइमा रहेको स्याङ्बोचे बिहीबार दिउँसो २ बजेसम्म रमाइलो थियो। ३ बजेपछि मौसम बदलिएर हुस्सु लागेको छ। छिन छिनमा यसरी मौसम बदलिनु यहाँको विशेषता नै हो।

No comments: