19 January 2009

बदमाश चादनि चोक टु चाइना


हुन त सरकारको त के कुरा गर्नु भारतले दिन दहाडै नेपालको सिमा लुट्दा समेत निदाएर बस्ने यो सरकारलाई यो त सानो कुरा लाग्न सक्दछ। तर हाम्रो यति ठुलो सास्कृतिक पक्षलाई गलत सुचना सम्प्रेसण हुन हामी सम्पूर्ण नेपाली जुट्न आवश्यक देखीन्छ। पटक पटक भारतले भगवान वुद्ध आ207नो देशमा जन्मेको दावी गरेतापनि नेपालमै जन्मेको प्रमाणित भएको छ। अस्ति भर्खर नेपाली सिमामा भारतले गरेको अतिक्रमणको सत्यताको एउटा वृतचित्र “ग्रेटर नेपाल” भारतिय राजदुतावासको आदेशमा नेपाल सरकारले प्रदर्शनमा रोक लगायो। जुन सत्य थियो तर नेपाल भारत सम्वन्धमा नराम्रो असर पर्ला भनी देशका चालकले आफना जनताको सुचना हक मा समेत कुठाराधात गर्दै भारत सरकारको आदेश माने। तर विश्व समुदायले वुद्धको देश मान्दै आएको नेपाल आफनो वारेमा गलत सुचना सम्प्रेसण हुदा समेत कुम्भकर्ण सुताईमा निदाइरहेको छ। अव हामी नेपाली जुट्न जरुरी हाम्रो अस्तित्व रक्र्ष्ँाथ भारत वाट भएको यो सास्कृतिक आक्रमण प्रति। किन मौन छन? सम्वन्धित निकाय, र किन मौन छौ हामी हिन्दी चलचित्र प्रेमी? जुट्न जरुरी छ अब हामी नेपाल सरकारलाई दवाव दिन कि उक्त संवाद सो चलचित्र बाट हटाउन र निर्माण पक्षलाई सो संवादका लागी माफि मगाउन। कतै जनताको आवाज सुन्छ की सरकार?

No comments: