28 February 2010

हिन्दू राष्ट्र का लागि माहयज्ञ.

मुलुक मा ब्याप्त अत्याचार, बिक्रिती र बिसंगतीबाट मुलुकलाई मुक्त गर्दै देशमा चिरसन्तिको कामना सहित नेपाललाई हिन्दू रास्ट घोषणाको माग गर्दै काठमाडौं मा आज निकै भब्य कलस यात्रा गरियो। श्री १००८ स्वामी कालिदास बाबाको प्रतक्ष संलग्नता मा भयको कलस यात्रा मा हजारौं सर्बसाधारण, ब्राह्मण, नेता, कलाकार, लगायत को ठुलो उपस्थिती थियो। काठमाडौंको बनकाली बाट सुरुभयको कलस यात्रा पुरानो बानेश्वर,मैतिदेवी, पुतलिसडक, रत्नपार्क, भद्रकाली, नयासडक, बसन्तपुर, जमल, दरबारमार्ग, कमलादी, कालोपुल, मित्रपार्क पसुपती हुँदै बनकालीमै आयर समापन भयको थियो । नेपाली इतिहासमै ठुलो कलस यात्रा भएको महायज्ञ समिती का सचिब भागवत श्री न्यौपाने ले बताय।
नेपालको ओखलढुङा मा जन्मिएका कलिदास बाबाको संन्यासी नाम श्री कृष्णानन्द परमहंस हो । भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला १० साधुसन्तमा गनिन्छन् । उनी भारतवर्षमा छैटौं ठूला सन्तका रूपमा परिचित छन् ।

देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् । उनले कठोर तपस्या र साधनापछि अहिलेको सिद्धि प्राप्त गरेर महात्माको स्वरूपमा आफूलाई विकास गरेका हुन् । बाबा कालिदासले सेन्टजोसेफ स्कुल, दार्जीलिङ हँुदै आईएस्सी तथा बीएस्सीसम्मको अध्ययन पूरा गरेका थिए । ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब एक वर्ष प्राध्यापन गरेका थिए । अहिलेका चर्चित राजनीतिज्ञ हृदयेश त्रिपाठी उनले अध्यापन गराएका विद्यार्थी हुन् ।

नेपाललाई हिन्दु रास्ट कयम राख्नुपर्ने जिकिर गर्ने कलिदास बाबाले पत्रकार सम्मेलन गरी नेपाल हिन्दू राष्ट्र नभए देह त्याग गर्ने बताएका छन।
नौ दिन सम्मा चल्ने यो अखन्ड महयज्ञ मा फाल्गुन १७ देखी २५ गते सम्म पसुपती को बनकाली क्षेत्रमा चौबिसै घण्टा चल्नेछ।


07 February 2010

फेरी आए पर्मानन्द झा.


हिन्दी भाषाको मोह त्याग्न नसेकेका उपरास्टपती परमानन्द झाले आज फेरी नेपाली र मैथिलीमा शपथ लीयका छन।
हिन्दी भाषामा शपथ लिएपछि विवादमा मुछिएका उपराष्ट्रपति परमानन्द झाले सार्बोच्च अदालतले नेपालीमा सपथ लिन दियको आदेश समेत अवग्या गरेका थिय। जसका करण उनको पद निस्कृय हुनुका साथै नेपाल सरकारले उनको निवास बाट नेपाली सेना र झन्डा समेत हटाएको थियो । नेपालीमा शपथ लिएपछि संभावित सम्पूर्ण कानुनी अड्चनबाट उनी मुक्त भएका छन् भने मातृभाषामा शपथ खाने नजिर पनि बसालेका छन्। यसअघिको शपथ ग्रहणमा धोती लगाएर उपस्थित भए पनि यस पटक भने उनी दौरासुरुवालमा उपस्थित भएका थिए।

मरिए जमिम शाह


नेपालमा पहिलो पटक तारमार्फत टेलिभिजन च्यानल प्रवाह गराउने 'स्पेसटाइम नेटवर्क' र निजी क्षेत्रको पहिलो टेलिभिजन 'च्यानल नेपाल' का मालिक जमिम शाहको आज अपराह्न गोली हानी हत्या गरिएको छ। तीन बजे याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह। ना १ च २१५१ नम्बरको कारमा थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी भागेका थिए। काठमाडौं को अती सुरक्षित मनिएको लाजिम्पाटस्थित फ्रेन्च दूतावासको ठीक अगाडि गोली प्रहार भयको थियो।