27 February 2009

भित्र के छ।।।


खोलियो नारायणहिटी बदयो भिड।
गनतन्र आए पछी पूर्व राजाको बासस्थान नारायणहिटी दरबार सर्बसाधारणका लागि खुल्ला गरियको छ। गनतन्र नेपालका नाइके पुष्प कमल दाहाल प्रचन्ड लगायतका नेताहरु हिजो नै नारायणहिटी सँग्रालय पसे पनि आज देखी सर्बसाधारण नेपालीको लागि खुल्ला गरियको छ। धेरै नेपालीलाई रहस्य को बिषय बनेको यो दरबार मा टिकाट कतेर छिर्न पाउने भयपछी तछाड माछाड गर्दै पुगे दरबार हेर्न । जयनेपाल हल सम्म पुगेको लाइनमा घण्टउ कुरेर भित्र पसे त कोही लाइन मा बसेर समेत हेर्न नपाएपछी रिसायर समेत फर्किय। आज मात्रै जम्मा १७७५ जना ले सङ्रालय अबलोकन गरेकाछन।

मेरो पालो कहिले आउछ?




नारायणहिटी सङ्रालय हेर्न लाइन मा पलोकुर्दै सर्बसाधारण

23 February 2009

महा नै भयो महशिवरात्री


महाशिवरात्रिको दिनमा पशुपतिनाथको दर्शनका लागि आउने श्रद्धालुको संख्या अघिल्ला वर्षभन्दा वृद्धि भएको छ । ६-७ घन्टासम्म लाइनमा बस्दा पनि दर्शन गर्न नपाएको भक्तालुले गुनासो गरे । पटक पटक प्रहरी सँग दर्शनअर्थिको झडप परेको देखिन्थ्यो। बिशेष गरी युवा-युवतिको जथ्था बाबाहरु सँग गाजा खानमा ब्यस्त देखिन्थे। सरकारले सादु सन्तलाई समेत गाज भाङ खान नदिने बाताए पनि खुलेआम सबैले एसको प्रयोग गरेको देखियो। ब्यबस्थापन को हिसाबले यो बर्ष पशुपतिनाथ क्षेत्रमा निकै कमजोरी देखिन्थ्यो। फोहोर पनि राम्रो सँग हटाइएको थियन।

गाज चुरोटमा राखेर बेच्न बसेका साधु जस्को मुल्य चुरोटको २० देखी ४० र कुल्फिको १०० सम्म पर्दछ

पशुपतीनाथ मा सर्दालु दर्सनार्थिको भिड.

भिड नियन्त्रण गर्दै प्रहरी।

बाबा सँग गन्जा तान्दै युवाहरु

22 February 2009

फेरी आयो गाजा खाने दिन


हिन्दू हरु को महान चाड शिवरात्रि पर्ब भोली मनाइदै छ।
बिशेष गरेर भगवान शिवजी को पूजा गरेर मनाइने यो चाड मा पासुपत क्षेत्रमा श्रदालु को निकै घुइचो लाग्ने गर्दछ। भगवान सिवजिको प्रशादको रुपमा ग्रहण गरिने गाज लगायत का लागुऔसद पनी भोली खुलेआम सादु सन्तहरुले बेच्ने गरेको पाइनछ। पशुपतिनाथ को दर्शन गर्न भनी देश बिदेशबाट भक्तजन्को घुइचो लगिसकेको छ।

पशुपतिमा जम्मा भएका सदुहरु

16 February 2009

को होला बिजय?




नेकपा एमालेको आठौ माहाधिबेसन बुटवलमा भब्यता का साथ सम्पन्न हुँदै छ। महाधिवेशन फागुन १० गतेसम्म चल्नेछ। महाधिवेशनमा १ हजार ४ सय १५ पुरुष र ३ सय ९६ महिला गरी १ हजार ८ सय ११ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। एमालेको यो माहाधिबेसन ले देसमै निकै चर्चा पायको छ।नयाँ नेत्रित्व ले एमाले लाई कहाँ पुर्याउने हो?

13 February 2009

प्रकृतिमा पनि हुन्छ माया



यो कसैले बनाएको होइन आँफै बादलले दिएको भ्यालेनटाइन को शुभकामना ।
नेपालमा पनि भ्यालेनटाइन मनाउन थालियको छ । खास गरी युवा माज चर्चित र परिचित यो पर्ब पश्चिमा मुलुक बाट आए ता पनि प्रणय सुत्रमा बादिने युवाहरुको निकै ठुलो पर्ब नै हो।

Happy valentine

10 February 2009

तेसैत जोगो भाङ खाको


काठमाडौंको अती ब्यस्त स्थान रत्नपार्कमा बेबरिसे अवस्थामा छाडियको बिग्रिएको यो टेम्पो कस्ले वास्ता गर्ने? तेसैत ट्रफिक जाम भईरहने रत्नपर्कमा यो टेम्पो तेसैत जोगो भाङ खाको भाको छ । नजिकैका ट्राफिक लाई समेटा वास्त नगरि कहाँ गए होलन यसक चालक। मानिसहरु नियम र कनुनको पालना नगरेपनी अलिकती पनि लाज मानेर भयपनी कर्तब्य को ख्याल राखेमा पनि यस्ता समस्या बाट त छुट्कारा पाइन्थ्यो।
हाम्रो घैटामा घाम कहिले लाग्ने?

08 February 2009

आक्रमण प्युठान मा।


प्युठान जिल्लाको नक्सा अनी आक्र्मन भएको ठाउँ रातो घेरामा।

१२ बर्से जनयुद्द बाट भर्खर सास फेरेको देशले फेरी अर्को युद्दको समाना गर्नु पर्ने संकेत देखियको गत रती प्युठानको स्याउलिवाङ प्रहरीचौकीमा अग्यात समुहले आक्रमण गरी एक प्रहरिको हत्या गर्नुको साथै हतियार समेत लुटेर लगेको छ। नयाँ नेपालको सपना देखाएर ससत्र युद्द सुरुगरेको माओवादी अहिले सरकारको नाइके भएको छ तर तेसैको सिको गरी युद्द मा होमिने प्रबिर्ती नेपालमा निकै मौलयको छ। यस बिषयमा सरकार को नाइके मओवादी लगायत सम्पूर्ण दल हरु समयमै सचेत हुन जरुरी छ। नत्र नेपाली जनताले फेरी सास्ती खेप्न नपर्ला भन्न सकिदैन।