09 December 2008


नेपाली युवाको सान (अब युवा केही गर्न सक्छन)।
नेपाली युवा इन्जिनियरहरुले बनाएको जहाज' डाँफे' थियो।पोखराको आकाशमा सफलतापूर्वक उडाइएको डाँफेले तीन बर्षपछि परीक्षण उडानका लागि अनुमति पाएको हो ।

युवा इन्जिनियर विकास पराजुलीको नेतृत्वमा रहेको टोलीले तीन वर्ष अगाडि नै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यो जहाज बनाएका थिए। पराजुलीको नेतृत्वमा सात जना विद्यार्थीले डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप खडा गरी यो विमान निमार्ण गरेका हुन्।
करिब १० लाख रुपैयाको लागतमा निमार्ण भएको डाँफे दुई घन्टासम्म एक किलोमिटर प्रतिघन्टाका दरले ६ हजार फिटसम्म उड्ने नेपाली युवा वैज्ञानिकहरुले बताएका छन्। डाँफेमा अस्ट्रियन प्रविधिको इन्जिन जडान गरिएको छ। ४ सय किलो ग्राम तौल धान्ने क्षमता रहेको जहाजले ५० लिटर इन्धन लिएर दुइ घन्टा लगातार उडान गर्नसक्छ।

नागरिक उड्डयन प्राधिकरणले यही मंसिर पहिलो साता यस जहाजलाई उडान अनुमति दिएपछि यो जहाजले आकाश चुम्ने मौका पायो भने नेपाली युवा वैज्ञानिकहरुले आफ्नो प्रतिभालाई फैलाउने सपना पुरा गरे। रसियन पालट अलेक्जेन्डर म्याक्सिमोभले उक्त नेपाली जहाजलाई जमिनबाट १५ फिटमाथि हावामा एक मिनेटसम्म तैराएका थिए। धावनमार्गमा ७३.३२ किमि प्रतिघन्टाको गतिमा १५.३२ मिटर गुडेपछि यसले जमिन छोड्छ। म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन्।
यो उडान हेर्न विज्ञान तथा प्रविधि मन्त्री गणेश साह पनि पोखरा पुगेका थिए। साहले डाँफे निमार्णमा भएको खर्च सरकारले तिर्ने बचन दिएर युवा वैज्ञानिकहरुलाई हौसाएका थिए। विज्ञहरुले यस जहाजलाई दक्षिण एसियाकै नयाँ उत्पादन भएको बताएका छन्।

No comments: