24 December 2008

हिमाल खबर पत्रीकामा आक्रमण फेरी अदिनायकबाद जन्मदै.


माओवादी कार्यकर्ताको एक समूहले आइतबार हिमाल खबरपत्रिकाको कार्यालयमा आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ । हात्तीवनस्थित कार्यालयको समाचार कक्ष र छापाखानामा मध्याह्न १२ बजे प्रवेश गरी सो समूहले पत्रकार तथा कर्मचारीमाथि आक्रमण गरेको मिडियाले जनाएको छ ।

आक्रमणमा मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, आर्थिक अधिकृत बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ घाइते भएका छन् । हिमाल मिडियामा भएको आक्रमणको विभिन्न सञ्चार संस्था र मानवअधिकारवादी संघसंगठनले विरोध गरेका छन् ।
यसैबीच, हिमाल खबर पत्रिकामा कार्यरत सञ्चारकर्मीमाथि माओवादी मजदुर संगठनका कार्यकर्ताले गरेको आक्रमणको संविधानसभा सदस्यहरूले निन्दा गरेका छन् ।

No comments: