07 February 2010

मरिए जमिम शाह


नेपालमा पहिलो पटक तारमार्फत टेलिभिजन च्यानल प्रवाह गराउने 'स्पेसटाइम नेटवर्क' र निजी क्षेत्रको पहिलो टेलिभिजन 'च्यानल नेपाल' का मालिक जमिम शाहको आज अपराह्न गोली हानी हत्या गरिएको छ। तीन बजे याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह। ना १ च २१५१ नम्बरको कारमा थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी भागेका थिए। काठमाडौं को अती सुरक्षित मनिएको लाजिम्पाटस्थित फ्रेन्च दूतावासको ठीक अगाडि गोली प्रहार भयको थियो।

No comments: