09 January 2010

सकियो मातृकाको संबिधान यात्रा..

सन्की नेता भनी नाम कमाएका नेता मातृका प्रसाद यादबको सभासद पद आजै देखी टुंगियको छ। एकीकृत माओवादी परित्याग गरी पुरानै माओवादी पुनर्गठनमा लागेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत आजै संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई सभासद्को सदस्यता समाप्तीको जानकारी गराएका हुन्। तत्कालिन नेकपा माओवादी एकीकृत नेकपा माओवादीमा परिणत भएको अवस्थामा दलको निर्णय अस्वीकार गरेको धनुषाका मातृका र सिराहाका जगत समानुपातिकतर्फका सभासद् हुन्। सो पदमा निर्वाचन आयोगमा समानुपातिकको सूचीमा पेस गरेका नाममध्येबाट मधेसी समूहका २ जनालाई सभासद्मा मनोनीत गर्न माओवादीलाई बाटो खुलेको छ। उपसमितिले तयार गरेको प्रतिवेदनमा नयाँ दल खोलेको देखिएकाले सभासद् खारेज हुने उल्लेख थियो। उपसमितिको प्रतिवेदन र कार्यव्यवस्था परामर्श समितिको पुस १२ गतेको बैठकको परामर्शका आधारमा पद खारेज गर्ने निष्कर्षमा पुगेको नेम्वाङले सदनलाई जानकारी दिए।

मातृकाप्रसाद यादवले माओवादी र जनमोर्चाबीच भएको पार्टी एकतालाई अस्वीकार गर्दै २०६५ माघ २९ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पुरानै नेकपा माओवादीको पुनर्गठनमा लागेका थिए। उनीसँगै अर्का सभासद् जगतप्रसाद यादवले पनि एकीकृत माओवादी परित्याग थिए।

यस आघिनै बन्दुक उठाउन सक्ने साथै जनमुक्ती सेनाको गठन समेत गरिसकेको जरकारी तथा प्रचारबाजी गरेका यादवलाई यो निर्णय ले कस्तो असर पर्नेहो चाँही हेर्न बाँकी छ ।

No comments: