19 January 2009

बदमाश चादनि चोक टु चाइना


हुन त सरकारको त के कुरा गर्नु भारतले दिन दहाडै नेपालको सिमा लुट्दा समेत निदाएर बस्ने यो सरकारलाई यो त सानो कुरा लाग्न सक्दछ। तर हाम्रो यति ठुलो सास्कृतिक पक्षलाई गलत सुचना सम्प्रेसण हुन हामी सम्पूर्ण नेपाली जुट्न आवश्यक देखीन्छ। पटक पटक भारतले भगवान वुद्ध आ207नो देशमा जन्मेको दावी गरेतापनि नेपालमै जन्मेको प्रमाणित भएको छ। अस्ति भर्खर नेपाली सिमामा भारतले गरेको अतिक्रमणको सत्यताको एउटा वृतचित्र “ग्रेटर नेपाल” भारतिय राजदुतावासको आदेशमा नेपाल सरकारले प्रदर्शनमा रोक लगायो। जुन सत्य थियो तर नेपाल भारत सम्वन्धमा नराम्रो असर पर्ला भनी देशका चालकले आफना जनताको सुचना हक मा समेत कुठाराधात गर्दै भारत सरकारको आदेश माने। तर विश्व समुदायले वुद्धको देश मान्दै आएको नेपाल आफनो वारेमा गलत सुचना सम्प्रेसण हुदा समेत कुम्भकर्ण सुताईमा निदाइरहेको छ। अव हामी नेपाली जुट्न जरुरी हाम्रो अस्तित्व रक्र्ष्ँाथ भारत वाट भएको यो सास्कृतिक आक्रमण प्रति। किन मौन छन? सम्वन्धित निकाय, र किन मौन छौ हामी हिन्दी चलचित्र प्रेमी? जुट्न जरुरी छ अब हामी नेपाल सरकारलाई दवाव दिन कि उक्त संवाद सो चलचित्र बाट हटाउन र निर्माण पक्षलाई सो संवादका लागी माफि मगाउन। कतै जनताको आवाज सुन्छ की सरकार?

18 January 2009

रहेनन ईन्द्र लोहनी ।


टेलिभिजन संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको शुक्रबार साँझ राजधानीमा निधन भएको छ। छातीमा अचानक अप्ठेरो महसुस गरेपछि उनलाई उपचारका लागि नर्भिक अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याउनु अगाडि नै उनको निधन भइसकेको चिकित्सकले बताएका छन्।
४१ वर्षीय लोहनीले कान्तिपुर टेलिभिजनमा ´बहस´ नामको टक शो चलाउँथे भने अधिवक्ताको पनि काम गर्दै आएका थिए। कानुन व्यवसायी लोहनी यसअगाडि सर्वोच्च बारका सचिव थिए।
शुक्रबार अपरान्ह ५ बजे उनी ५ वर्षकी कान्छी छोरीलाई लिएर गुहेश्वरी घुम्न गएका थिए । गाडीमै उनी बेहोस भएपछि उनलाई चिन्ने एक व्यक्तिले उनलाई घर पुर्‍याएका थिए । उनलाई करिब ७:३० बजे अस्पताल पुर्‍याइएको थियो ।

झापा तोपगाछी ८ स्थायी घर भएका लोहनीका एक श्रीमती र १० र ५ बर्षका दुई छोरी छन्।

11 January 2009

गणतान्त्रिक नेपालको उपहार सोह्र घन्टे लोडसेडिङ


आईतवार देखी लोकतान्त्रिक गणतन्त्र नेपालमा सोह्र घन्टे लोडसेडिङ हुँदै छ। उर्जा संकट को घोषणा गरिसकेको नेपाल सरकार ले नयाँ नेपालका नेपाली लाई राहत को खबर दिनाको साटो हरेक हप्ता नयाँ लोडसेडिङ को तालिका को सुचना दिएर टाउको दु:खाउदै छ। जसको कारण साना साना देखी ठुला ब्यवसाय समेत मारमा परेका छन्। भ्यगुते उफ्राइमा आर्थिक छलाङ मार्ने भाषण खोक्ने बर्तमान सरकार का चालक हरु किन यस्तो बिकराल समस्या प्रती अलिकती पनि नतातिएका होलन? देश र जानताको भन्दा सरकारअको आयु कसरी लामाब्यर तलब र भात्ता पचाउन सकिन्छ भन्ने सोचाइमा तल्लिन नेताहरु कहिले बुज्थे जनताको दु:ख। बेरोजगार युवा लाई रोजगारिको ब्यबस्थ गरी बेरोजगारी घटाऊने अर्थमन्त्री क सपना पनि सपना मै सिमित होला लोडसेडिङले साना साना ब्यवसाय गरी स्वरोजगरिमा लागेका को रोजी रोटी समेत खोसेको छ। अखिर नयाँ नेपाल भनेको राजा बिनको गणत्रान्त्रिक नेपाल मात्र होत? होइन भने कहिले महसुस गर्ने नेपालीले नयाँ नेपालको अनुभुती?

09 January 2009

अब टेलिभिजन पनि हेर्न नपाईने।

लोदसेदिङ का कारण विद्युत् अभावमा खर्च धान्न नसक्ने भन्दै निजी टेलिभिजन च्यानलहरूले ५ घन्टा प्रसारण रोक्ने भएका छन् । कान्तिपुर, इमेज, एभिन्युज, सगरमाथा र एबीसी टेलिभिजनले बन्दको घोषणा गरेका छन। यस अघी लुम्बिनिका एफ एम हरुले पनि पर्सारन मा कटौती गरेर बिरोध जनैसकेका छन। यसरी सबै संचार माध्यम ले समय कटौती गर्दै जानेहो भने जानतको सुचानाको हक के पो हुनेहो सम्बन्धित निकायले अहिलेयै बिचार पुरयाउन जरुरी छ। होइन भने शाही सरकार र गणतन्त्र नेपालको माओ सरकार को के भिन्नता।

06 January 2009

घट्ने भो एक महिना।

२०६६ साल ११ महिनाको मात्र हुनेछ र फागुनपछि वैशाख सुरु हुनेछ ।