
आईतवार देखी लोकतान्त्रिक गणतन्त्र नेपालमा सोह्र घन्टे लोडसेडिङ हुँदै छ। उर्जा संकट को घोषणा गरिसकेको नेपाल सरकार ले नयाँ नेपालका नेपाली लाई राहत को खबर दिनाको साटो हरेक हप्ता नयाँ लोडसेडिङ को तालिका को सुचना दिएर टाउको दु:खाउदै छ। जसको कारण साना साना देखी ठुला ब्यवसाय समेत मारमा परेका छन्। भ्यगुते उफ्राइमा आर्थिक छलाङ मार्ने भाषण खोक्ने बर्तमान सरकार का चालक हरु किन यस्तो बिकराल समस्या प्रती अलिकती पनि नतातिएका होलन? देश र जानताको भन्दा सरकारअको आयु कसरी लामाब्यर तलब र भात्ता पचाउन सकिन्छ भन्ने सोचाइमा तल्लिन नेताहरु कहिले बुज्थे जनताको दु:ख। बेरोजगार युवा लाई रोजगारिको ब्यबस्थ गरी बेरोजगारी घटाऊने अर्थमन्त्री क सपना पनि सपना मै सिमित होला लोडसेडिङले साना साना ब्यवसाय गरी स्वरोजगरिमा लागेका को रोजी रोटी समेत खोसेको छ। अखिर नयाँ नेपाल भनेको राजा बिनको गणत्रान्त्रिक नेपाल मात्र होत? होइन भने कहिले महसुस गर्ने नेपालीले नयाँ नेपालको अनुभुती?
No comments:
Post a Comment