राजनीति बाट निस्कृय रहेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका छन् । आइतबार साँझ विज्ञप्ती जारी गर्दै उनले जेठ १४ गते भित्र संविधान बन्न सक्ने अवस्था नभएकाले ०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका हुन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएपछि पहिलो पटक विज्ञप्ती जारी गर्दै भट्टराईले जेठ १४ भित्र संविधान जारी नहुने भएकाले मुलुक संविधान विहीन हुन नसक्ने भएकाले ०४७ सालकै संविधान ब्युँताउन राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गरेका हुन् ।
प्रेश बिज्ञप्तीको पूर्णपाठः
मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।
यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।
कृष्णप्रसाद भट्टराई
4 comments:
kisnaprasada ko yo bigyapti le raajnitimaa kehi uthal puthal lyaudaina..
marne belaamaa dekhayako rajaa moha...
sakne le byujhayar dhekhaya bhaigo kina khoknu paryo...
manche budho bhyapachi niu khojcha bhaneko yahi ho.
Post a Comment