19 December 2011

शान्तिपूर्ण बन्द गर्न आह्वान गरिए पनि राजधानीमा तोडफोड र आगजनी


nagariknews.com
काठमाडौँ, पुस ४- नेपाली कङ्ग्रेसले नेपाल तरुण दल, चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन अस्तव्यस्त भएको छ। पार्टीले कुनै पनि किसिमका तोडफोड हुन नदिन पार्टीका सबै निकाय, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिलाई आग्रह गरे पनि बन्दको अवज्ञा गरेको भन्दै राजधानीका केही स्थानमा तोडफोड र आगजनी सुरु भएको छ।

बन्दका क्रममा चावहिल स्तुपा नजिक प्रदर्शनकारीहरूले बा१ज १६३ नम्बरको ट्याक्सी ताडफोड गर्दै आगजनी गरेपछि पूर्णरूपमा ट्याक्सी जलेको छ भने तिलगङ्गामा प्राइभेट नम्बरको बा९च ३७२० कारमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले चावहिलमै एउटा पानीको ट्याङ्कर तोडफोड गरेका छन् भने सो घटनामा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्दकर्ताहरूले बाल्मीकि क्याम्पसमा भइरहेको परीक्षासमेत विथोलेका छन्।

सरकारसँग हिजो दिनभर भएको वार्तामा पौडेलको मृत्युका लागि छानबिन आयोग गठन, दोषीमाथि कडा कारबाही, मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति, झुटामुद्दा फिर्तालगायतका मागमा सहमति हुन नसकेपछि आज 'शान्तिपूर्ण' नेपाल बन्दको आह्वान गरिएको हो।

आन्दोलन संयोजन समितिका संयोजक दीपक गिरीले सरकारले आफ्ना कार्यकर्ता पौडेललाई झुटो मुद्दामा फसाई जेलभित्रै हत्या गर्न लगाएको र आफ्ना माग पूरा गर्नेतर्फ कुनै चासो नदिएकाले त्यसको विरोधमा शान्तिपूर्णरूपमा नेपाल बन्द आह्वान गरिएको बताए।

बन्दका क्रममा प्रेस, कूटनीतिक नियोग, रेडक्रस, शववाहन, स्वास्थ्यसेवाका साधन, फोहोर बोक्ने साधन, दूध बोक्ने साधन, पर्यटकीय वाहन, मानव अधिकारकर्मीका सवारी साधन र एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि बाधा अवरोध नगरिने जनाएको छ।


बन्दकर्ताहरूले बिहानैदेखि कोटेश्वर, चावहिल, पुतलीसडक, कलङ्की, महाराजगन्ज, सातदोबाटो, नयाँबानेश्वर, कुपण्डोल, जमल, रत्नपार्कलगायतका क्षेत्रमा नाराजुलुस गरिरहेका छन्। रासस

18 December 2011

भोलिको बन्द यथावत् : कङ्ग्रेस


nagariknews.comबाट
गोविन्द परियार, काठमाडौं, पुस ३ - कङ्ग्रेसले कारागार आक्रमणमा परी मृत्यु भएका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको मुद्दा फिर्ता गरी शहीद घोषणा नगरेको भन्दै भोलिको बन्द यथावत् हुने बताएको छ। सभापति सुशील कोइराला निवासमा पत्रकार सम्मेलन गरी माग पूरा नभएकाले बन्दका कार्यक्रम सशक्तरुपमा अघि बढाउने घोषणा गरेको हो।
'सरकारले नियोजित रुपमा कारागारभित्र आक्रमणमा सहयोग गरी शिव पौडेलको हत्या गरेको हो,' पत्रकार सम्मेलनमा आन्दोलन तयारी समितिमा संयोजक दिपक गिरीले भने, 'सरकार नै हत्यामा सहयोगी बनेकाले हामीले उनीमाथि लगाएका झुटा मुद्दा फिर्ता र उनलाई शहीद घोषणाको माग गरेका हौं।'

पत्रकार सम्मेलनमा सोमबार बिहान ६ बजेदेखि अपरान्ह ५:३० बजेसम्म शान्तिपूर्णरुपमा नेपाल बन्द कार्यक्रम सम्पन्न हुने घोषणा गरिएको थियो।
यसैबीच कांग्रेस केन्द्रीय समिति बैठक अहिले साँझ ५ वजे कोइराला निवासमा बस्दैछ।

लाश उठेन
सरकारले माग पूरा नगरेको भन्दै पौडेलका परिवारले लाश उठाएका छैनन्। शनिबार पौडेलको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सम्पन्न गरे पनि अहिलेसम्म परिवारले लाश बुझेको छैन। 'सरकारले नियोजित रुपमा हत्या गरेकाले पार्टीले अघि सारको माग पूरा नभएसम्म हामी लाश बुझ्दैनौ,' पौडेलका दाजु ताराले नागरिकसँग भने।

यसैबीच कङ्ग्रेसले बन्दबारे अपील जारी गरेको छ। बन्दबारे कङ्ग्रेसद्वारा जारी अपील

अपील

नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ। यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ। यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।

जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव

11 October 2010

शुभ होस मंगल रहोस बिजया दशमी...

















बिजया दशमी को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको साथै उतर उतर पर्गती को कामना गर्दछु

शुभ होस मंगल रहोस बिजया दशमी...

23 July 2010

को होला प्रधानमत्री आज

























प्रधानमन्त्री को निर्वाचन आज हुँदैछ.

21 July 2010

इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार
















इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार अस्विक्रित भयका छन।
प्रचन्ड लाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम यस्तो थियो-
उपस्थितः ५९२
पक्षमा मतः २४२ (माओवादी सभासद र अन्य पाँच मत)
विपक्षमा मतः ११४ (नेपाली काँग्रेसको मात्रै)
तटस्थः २३६ (एमाले लगायत अन्य दलहरुको)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

काँग्रेसका रामचन्द्र पौडेल पनि निर्वाचनमा हारे।
रामचन्द्र पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम-
उपस्थितः ५९७ (अघिल्लो निर्वाचनमा भन्दा ५ बढे)
पक्षमा मतः १२४ (काँग्रेस बाहेक १० मत अन्य आयो)
विपक्षमा मतः २३५ (माओवादीका २३७ मध्ये २ भोट कम पर्‍यो)
तटस्थः २२८ (एमाले लगायत अन्य दल)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

झलनाथ खनालको प्रस्ताव भने ४०१ मत नपुग्ने भन्दै माधवकुमार नेपालले फिर्ता लिए। अन्ततः आज प्रधानमन्त्री नचुनी नाटक टुंगिएको छ। नाटकका निर्देशक पत्ता लगाउने जिम्मा भने तपाईँको।

नाटकको अर्को भाग शुक्रबार हुँदैछ। शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा पनि यिनै उम्मेदवार हुनेछन्। अरु नयाँ उम्मेदवार थप्न नियमले दिँदैन। नाम फिर्ता लिइसकेका उम्मेदवार फेरि सहभागी हुन पनि नियमले दिँदैन।