10 January 2010

राजमो को बन्द जनजीवन प्रभाबित


राष्ट्रिय जनमोर्चा को सडकमा बाक्लो उपस्थिती नभएपनी बन्दको प्रभाबपुरै परेको छ। बन्द भन्ने बित्तिकै चोक चोक मा ठुलो उपस्थिती देखिने गरियको मा यसपटक भने प्रदर्सन कारीको उपस्थिती न्युन देखिन्छ। ठाउँ ठाउँमा बन्दको अबग्या गरेको भन्दै जनमोर्चा का कार्यकर्ताले यातायातका साधनमा तोडफोड पनी गरेका छन। सङियताको बिरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले आइतबार आव्हान गरेको उपत्यका बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन चलेको छैन । गन्तव्यमा पुग्न सर्वसाधारण पैदल हिडेका छन् । जनमोर्चा कार्यकर्ताले विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । सोल्टी होटेल क्यासिनो नेपालको कर्मचारी बोकेको बसमा बिहान साढे ५ बजे बाफल क्षेत्रमा जनमोर्चा कार्यकर्ताले आगजनी गरेका छन् । प्रहरीले जनमोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । ललितपुरको कुमरीपाटी,डिल्लीबजार र पुतली सडक लगायतको क्षेत्रमा जनमोर्चाले सवारी साधनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
संघीयताको बिरोधमा जनमोर्चाले यसअघि सेति,महाकाली,कर्णाली,गण्डकी र धौलागिरी लगायतका अंचल बन्द गराइसकेको छ ।
प्रतिकारमा नेवा राज्य समर्थक
काठमाडौँ उपत्यका र वरपरका स्थानलाई एकपक्षीय रुपमा 'राज्य घोषणा' गरेको नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले बन्दको प्रतिकार गर्न प्रस्तावित नेवाः राज्यको झण्डासहित बसन्तपुरलाई केन्द्र बनाएर पटक पटक मोटरसाइकल र्‍याली निकालेका छन्। पहिलो र्‍याली बसन्तपुरबाट त्रिपुरेश्वर, कलंकी, बालाजु हुँदै बसन्तपुरमा टुंगिएको थियो। त्यसैगरी दोस्रो र्‍याली नयाँ बानेश्वरबाट चाबहिल, गौशालासम्म पुगेको थियो।

यसअघि बन्दलाई असफल पार्न आह्वान गरिएको पर्चा उनीहरुले काठमाडौँका विभिन्न स्थानमा बाँडेका थिए। समितिमा सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी लगायत दलका भ्रातृ संस्थाहरु आवद्ध छन्।

बंद मा सडक



रिक्सा र साइकल मार्फत गन्त्ब्य जादै..



खाली बानेश्वर चोक, गन्त्ब्य तिर जादै पैदल यात्री.



बन्दको प्रभावले देखियको खाली सडक..

09 January 2010

सकियो मातृकाको संबिधान यात्रा..

सन्की नेता भनी नाम कमाएका नेता मातृका प्रसाद यादबको सभासद पद आजै देखी टुंगियको छ। एकीकृत माओवादी परित्याग गरी पुरानै माओवादी पुनर्गठनमा लागेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत आजै संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई सभासद्को सदस्यता समाप्तीको जानकारी गराएका हुन्। तत्कालिन नेकपा माओवादी एकीकृत नेकपा माओवादीमा परिणत भएको अवस्थामा दलको निर्णय अस्वीकार गरेको धनुषाका मातृका र सिराहाका जगत समानुपातिकतर्फका सभासद् हुन्। सो पदमा निर्वाचन आयोगमा समानुपातिकको सूचीमा पेस गरेका नाममध्येबाट मधेसी समूहका २ जनालाई सभासद्मा मनोनीत गर्न माओवादीलाई बाटो खुलेको छ। उपसमितिले तयार गरेको प्रतिवेदनमा नयाँ दल खोलेको देखिएकाले सभासद् खारेज हुने उल्लेख थियो। उपसमितिको प्रतिवेदन र कार्यव्यवस्था परामर्श समितिको पुस १२ गतेको बैठकको परामर्शका आधारमा पद खारेज गर्ने निष्कर्षमा पुगेको नेम्वाङले सदनलाई जानकारी दिए।

मातृकाप्रसाद यादवले माओवादी र जनमोर्चाबीच भएको पार्टी एकतालाई अस्वीकार गर्दै २०६५ माघ २९ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पुरानै नेकपा माओवादीको पुनर्गठनमा लागेका थिए। उनीसँगै अर्का सभासद् जगतप्रसाद यादवले पनि एकीकृत माओवादी परित्याग थिए।

यस आघिनै बन्दुक उठाउन सक्ने साथै जनमुक्ती सेनाको गठन समेत गरिसकेको जरकारी तथा प्रचारबाजी गरेका यादवलाई यो निर्णय ले कस्तो असर पर्नेहो चाँही हेर्न बाँकी छ ।

20 December 2009

हिन्सत्मक भयो मओवादी आन्दोलन।


माओवदिले पहिलो र दोर्सो चरणको आन्दोलन शान्तिपूर्ण तवरले सडकमै छामछमि नाचेर सबैलाई चकित बनायता पनि तेस्रो चरणको आन्दोलन निकै तनाबपूर्ण रह्यो। माओवादीले आह्वान गरेको तीनदिने आमहड्तालको पहिलो दिन शान्तिपूर्ण हुन सकेन। हड्तालले मुलुकभरिको जनजीवन निकै प्रभावित भएको छ। उद्योग,कलकारखाना शैक्षिक संस्था तथा बजार बन्द छन्। आइतबारको माओवादी व्यवहार हिंसात्मक भएको मूल्यांकन गर्दै गृह प्रशासनले सोमबारका लागि सुरक्षा रणनीति सशक्त पार्ने ठहर गरेको छ।

तीन दिने हड्तालको पहिलो दिन माओवादी कार्यकर्ता केही स्थानमा हिंसात्मक रुपमा प्रस्तुत भएका छन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सामेल बैठकले माओवादी आन्दोलन हिंसात्मक भएको निष्कर्ष निकालेको थियो। आमहडतालको पहिलो दिन राजधानीमा माओवादी प्रदर्शन हिंसात्मक हुनपुग्यो। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको नेपाल कार्यलयले आइतबारको बन्द जनआन्दोलन 'दोस्रो जनआन्दोलनपछि कै सबैभन्दा खराव हिंसात्मक अबस्था' भएको टिप्पणी गरेको छ।

माओवादी राष्ट्रसंघीय सम्मेलनमा भाग लिई विमानस्थल उत्रिएका प्रधानमन्त्री माधवकुमार नेपाललाई बालुवाटारसम्म पुर्‍याउन सडक अवरोध हटाउने प्रयास गर्दा नयाँ वानेश्वर र गौशालामा सुरक्षाकर्मी-माओवादीबीच झडप भयो। वानेश्वरमा प्रहरीले पानीका फोहोरा, अश्रुग्यास तथा लाठीचार्ज गरेको छ।

वानेश्वर झडपमा १९ प्रहरी घाइते भएका छन्। माओवादीले आफ्ना २ सभासद सहित ५० घाइते भएको जनाएको छ। वानेश्वरमा झडपमा प्रहरीले गोली चलाएको आरोप माओवादीले लगाएको छ। प्रहरी लाठी चार्ज गर्दा मा‌ओवादी सभासद यशोदा सुवेदी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

प्रधानमन्त्री माधवकुमार नेपाललाई स्वागत गर्न विमानस्थल हिँडेका पर्यटन राज्यमन्त्री सत्रुघ्न महतोको गाडी माओवादीले तोडफोड गरेका छन्। माओवादी प्रदर्शनले उग्र रुप लिएको बुझेपछि प्रधानमन्त्रीले औपचारिक भ्रमणका लागि राष्ट्र-सरकार प्रमुखले विमानस्थल आउँदा-जाँदा प्रयोग गर्ने नयाँ वानेश्वरको रुट बदलेका थिए। उनी गौशाला-कालोपुल हुँदै निवास बालुवाटार पुगेका थिए।

प्रदर्शनकारीले पुतलीसडक, बत्तिसपुतली र नयाँ बानेश्वरमा पाँच सवारी साधनमा तोडफोड गरेका छन्। माओवादीले शहीद गंगाला हृदय रोग केन्द्रको गाडी गौशालामा तोडफोड गरेका छन्। अस्पतालका स्टाफ ओसार्न प्रयोग गरेको बा.१.झ ५१६८ नम्बरको गाडीमा माओवादी ढुंगा प्रहारबाट क्षति पुगेको छ।

हड्तालका क्रममा एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग तथा अस्पतालका सवारी साधन निर्वाध चल्न दिने भने पनि माओवादीले आफ्नो भनाइ आइतबार व्यवहारमा लागू गरेको देखिएन। बिरामी बोकेर कुदिरहेका एम्बुलेन्स, लगयत पत्रकार समेत माओवादी अवरोधको शिकार भए।

04 December 2009

सकियो स्यन्बोचे सपना

बहुप्रतिक्षित स्यन्बोचे समुद्री सतहबाट १७ हजार फिटमाथि रहेको कालापत्थरमा शुक्रबार बिहान मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ। बैठकले १० बूँदे सगरमाथा घोषणापत्र जारी गरेको छ। मौसमले साथ दिएको हुनाले निर्धारित २० मिनेटभन्दा बढी करिब एक घण्टा बैठक बसेको थियो।
बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने तथा बाँके राष्ट्रिय निकुञ्ज थप्ने निर्णय गरेको छ।

प्रधानमन्त्री माधवकुमार नेपालले बैठकमा सम्बोधन गर्दै कार्बन उत्सर्जन गर्ने राष्ट्रहरुले त्याग गर्न आह्वान गरे। हिमाली राष्ट्रहरु जलवायु परिवर्तनविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।


बैठकले गरेका निर्णयहरुका बारेमा स्याङबोचेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो। स्याङबोचेमा स्थानीय बासिन्दाले मन्त्रीहरुको स्वागत गरेका थिए।

यसअघि कालापत्थर जानुअघि प्रधानमन्त्री लगायत २३ मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उनीहरुको रगतमा अक्सिजनको मात्रा सन्तोषजनक देखिएपछि चिकित्सकहरुले कालापत्थर जान अनुमति दिएका थिए।

मौसम सफा भएका कारण सबै मन्त्रीहरु शुक्रबार काठमाडौँ फर्केका छन्।

















घोषणापत्र:
जलवायु परिवर्तन सम्बन्धमा गरिएको सगरमाथा घोषणापत्र

(सगरमाथा आधार शिविर, कालपत्थर, ५५४२ मिटर नेपाल)

विश्व पर्यावरणीय सन्तुलनमा विशिष्ट योगदान राख्ने संसारको सर्वोच्च शिखर सगरमाथा र सगरमाथादेखि पूर्व-पश्चिम फैलिएको लामो र संसारकै सुन्दर अग्ला पर्वतमाला रहेको हिमालय क्षेत्रको करिब १ अर्ब ३० करोड मानवजातिको सभ्यता, उनीहरुको आर्थिक-सामाजिक-सांस्कृति उन्नति, प्राकृतिक सम्पदा एवम् पर्यटकीय विकासलगायत विभिन्न क्षेत्रमा सकारात्मक र विशिष्ट योगदान छ।

हालका दिनहरुमा विश्व जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक-आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रहरुमा नकारात्मक असर पुर्‍याउन थालेको छ। फलस्वरुप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्हरुको जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजिकका भू-भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ। जलवायु परिवर्तन र यसको प्रभावका कारण २१ औं शताब्दी मानवसभ्यता र राष्ट्रहरुको अस्तित्वका सामु थप चुनौतीहरु थपिएका छन्।

पृथ्वी हाम्रो साझा घर हो। साझा घर पृथ्वीको संरक्षण हामीहरुका लागि जति आवश्यक छ, त्यति नै हाम्रा सन्ततिहरुको भविष्यका लागि पनि आवश्यक छ भन्ने मान्यतालाई आत्मसात् गर्दै हामीले दिगो विकास र वातावरण संरक्षणमा दशकौं अगाडिदेखि नै द्विपक्षीय एवम् बहुपक्षीय प्रतिबद्धताहरु व्यक्त गर्दै आइरहेका छौं। सगरमाथा घोषणामार्फत् हामी जलावयु परिवर्तनप्रति हाम्रो सामूहिक प्रतिबद्धता र आपसी सहयोगका क्षेत्र उजागर गर्न चाहन्छौं। समग्र मानवजाति, विश्वसम्पदाको संरक्षण, जैविक विविधताको संरक्षण, दीगो आर्थिक-सामाजिक-सांस्कृतिक विकास, पर्यटकीय विकास समेतका क्षेत्रहरुमा अगाडि बढ्न र जलवायु परिवर्तन एवम् यसबाट पर्ने नकारात्मक प्रभावहरुबाट सगरमाथालगायत हिमश्रृङ्खलाको संरक्षण गर्न नेपाल सरकार निम्नलिखित घोषणा गर्दछः

१. जलवायु परिवर्तनको दृष्टिले जोखिममा रहेका हिमालय र पर्वतीय पर्यावरणीय प्रणालीलाई जोगाउन तथा विश्व समुदायको ध्यानाकर्षण गराउन दक्षिण एसियाली मुलुकहरुलगायत सबै पक्ष राष्ट्रहरुसँग सहकार्य गर्ने प्रतिबद्धता गर्दछ।

२. जलवायु परिवर्तनले हिमालय पर्वतमाला एवम् प्रभावित क्षेत्रमा उत्पन्न गरेको विषम परिस्थितिबाट स्थानीय जनजीविका एवम् जीवननिर्वाह प्रणाली खासगरी गरिब, सीमान्तकृत समूह, आदिवासी, दलित, महिला तथा बालबालिकामा पर्नसक्ने असरको अध्ययन एवम् न्यूनीकरणका उपायहरुबारे स्थानीय एवम् राष्ट्रियस्तरमा जनचेतना अभियान संचालन गर्ने।

३. जलवायु परिवर्तनको नकारात्मक असरको समयमै उचित सम्बोधन गर्न तथा कृषि र अन्य क्षेत्रमा सामयिक अनुकूलन ९च्भकष्ष्भिलअभ० अभिवृद्धि गर्न पूर्व सूचनाप्रणाली, जलवायु परिवर्तनका प्रारुपहरुको विकास एवम् क्षमता अभिवृद्धिका उपायहरु अवलम्बन गर्ने।

४. पर्वतीय पर्यावरणलाई संरक्षण गर्ने क्रममा संरक्षित क्षेत्रको विस्तार गरी नेपालको हालको २० प्रतिशत संरक्षित भूभागलाई २५ प्रतिशतमा पुर्‍याउने र वन क्षेत्र ४० प्रतिशतलाई सुदृढ बनाउने। हाम्रो प्रतिबद्धतालाई प्रस्ट पार्न गौरीशंकर र अपिनप्पा संरक्षित क्षेत्र घोषणा गर्ने।

५. जलवायु परिवर्तनबाट नेपालको सामाजिक-आर्थिक क्षेत्र खासगरी जलस्रोत, कृषि, जैविक विविधता, वन, मानव जीवन, मानव स्वास्थ्यमा पर्नजाने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय अनुकूल कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्वसमुदायको सहयोग प्राप्त गर्ने। साथै विकसित मुलुकले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १.५ प्रतिशत जलवायु अनुकूलन कोषमा योगदान गर्ने प्रस्तावको समर्थन गर्ने।

६. नेपालले स्वच्छ ऊर्जा क्षेत्रको विकासबाट यस क्षेत्रकै कार्वन उत्सर्जन कम गर्न सकिने विश्वास राख्दै यसको लागि उपयुक्त र आधुनिक प्रविधिको विकास एवम् सुलभ हस्तान्तरण तथा लगानीका लागि विकसित र छिमेकी राष्ट्रहरुको ध्यानाकर्षण गर्ने।

७. स्वच्छ विकास संयन्त्रमा रहेको कोषबाट नेपालले पूर्णलाभ लिनका लागि यस संयन्त्रले सहयोग गर्न बनाएका प्रावधानहरु परिमार्जित गरी गरिब मुलुकहरुका लागि अझ बढी सुलभ र लाभदायी बनाउन पहल गर्ने।

८. मानव क्रियाकलापबाट जलवायु परिवर्तनसम्बन्धी भयावह स्थिति सिर्जना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम (पार्ट्स पर मिलियन) भन्दा घटी हुनुपर्ने तथा पृथ्वीको सतहको औसत तापक्रम औद्योगिकरण थालनी पूर्वको तह भन्दा १.५ डिग्री सेन्टिगे्रड भन्दा बढी नगर्न आह्वान गर्ने।

९. हिमगलनको प्रक्रियामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे धेरै कम अध्ययन-अनुसन्धान भएकाले तत्सम्बन्धी ज्ञानको कमी पूरा गर्न पहल गर्ने।

१०. हरितगृह ग्यास लगायत अन्य क्रियाकलापबाट पर्वतीय पर्यावरण र हिमालयमा पर्ने गम्भीर असर न्यून गर्न, हरितगृह ग्यास उत्सर्जनको मात्रा कम गर्न आह्वान गर्ने। साथै, हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रलाई क्षतिपूर्ति दिन लगाई त्यस्तो ग्यासको नकारात्मक प्रभावमा रहेको गरिब देश एवम् जनतालाई राहत पुर्‍याउन सबैको ध्यानाकर्षण गर्ने।

२०६६ मङ्सिर १९ गते

४ डिसेम्बर, २००९

03 December 2009

नेपालको चिन्ता बातावरण प्रती

















नेपालमा भोकमारी, बाढीपहिरो हैजाले हजारौ जनता मर्दा चुप्चप बस्ने हाम्रा देश चलाऊने नाइकेहरु विश्वमा बडिरहेको मौसम परिवर्तनको बिषयमा भने निकै अगाडि बदेका छन। विश्व समुदय लाई चुनौती दिदै सगरमाथाको कालापत्थरमा हुने मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीसहित सबै मन्त्री सगरमाथा आधार क्षेत्र पुगेका छन्। ५ हजार २ सय ४२ मिटर उचाइको कालापत्थरमा हुने बैठकमा भाग लिनु पूर्व त्यहाँको वातावरणमा घुलमिल हुन मन्त्रीहरु एक दिन अघि लुक्ला पुगेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरु आज लुक्लामा बस्नेछन्। 'हाइअल्टिच्युड' लाग्ने सम्भावनालाई ध्यानमा राख्दै भोलि शुक्रबार मन्त्रीहरुको स्वास्थ्य परीक्षणपछि मात्र कालापत्थर लगिनेछ। मन्त्रिपरिषद बैठक २० मिनेट जति लामो हुने स्रोतले जनाएको छ। मन्त्रीहरुलाई लुक्लाबाट हेलिकोप्टरबाट कालापत्थर उतारिनेछ। त्यसका लागि नेपाली सेना तथा श्री एयरको एमआइ सेभेन्टिन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
६ निजी बिमान तथा नेपाल एयरलाइन्सको एक बिमानले मन्त्री तथा अन्यलाई सगरमाथा आधार शिविर ल्याइपुर्‍याएको हो। प्रधानमन्त्री माधवकुमार नेपाल भने सेनाको हेलिकोप्टरमा इलामबाट सोझै लुक्ला विमानस्थल ओर्लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीहरुको लुक्ला आगमनसँगै उच्चस्तरीय सरकारी अधिकारी तथा चिकित्सकसमेत त्यहाँ पुगेका छन्। जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले विश्वकै अग्लो स्थानमा मन्त्रिपरिषद बैठक गर्न लागिएको हो। शुक्रबार बिहान १० बजे बस्ने मन्त्रिपरिषद बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकर संरक्षण क्षेत्र तथा बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर पार्ने निर्णय गर्नेछ।
यो मन्त्रिपरिषद बैठकको रिपोर्टिङका लागि स्वदेशी तथा विदेशी मिडियाकर्मीको चहलपहल स्याङ्बोचेमा बढेको छ।

मन्त्रिपरिषद बैठक आफ्नो ठाउँमा हुन लागेकोमा स्थानीबासी दङ्ग देखिएका छन्। ३ हजार ७ सय मिटर उचाइमा रहेको स्याङ्बोचे बिहीबार दिउँसो २ बजेसम्म रमाइलो थियो। ३ बजेपछि मौसम बदलिएर हुस्सु लागेको छ। छिन छिनमा यसरी मौसम बदलिनु यहाँको विशेषता नै हो।

30 November 2009

खोइ त न्याय?


उच्च पदस्थ कर्मचारीहरूले पर्साका सीडीओ दुर्गाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई कारबाही नहुने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सम्पूर्ण निजामती प्रशासनको मनोबल गिरेको टिप्पणी गरेका छन्।

उच्च पदस्थ कर्मचारीका तर्फबाट सीडीओ समाजले करिमामाथि कारबाही नहुनु आपत्तिजनक रहेको उल्लेख प्रधानमन्त्रीको अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण निजामती कर्मचारी निरुत्साहित र उद्दण्ड व्यवहार गर्नेहरू प्रोत्साहित भएको टिप्पणीसमेत सीडीओ समाजले गरेको छ।

प्रधानमन्त्रीले राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले कारबाही नहुने अभिव्यक्ति दिएपछि सीडीओ समाजमात्र होइन पर्सा र बारामा कार्यरत निजामती कर्मचारीहरू आक्रोशित भएका हुन्। पर्सा र बाराका कर्मचारीले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन्।

सरकारले पीडित तत्कालीन सीडीओ भण्डारीलाई कुनै जिम्मेवारी नदिई गृह मन्त्रालयमा राखेर उल्टै कारबाही गरिरहेको जानकारी गृह स्रोतले दिएको छ।

भण्डारीमाथि हातपात भएकै दिन गृहले उनलाई मन्त्रालयमा बोलाएर पर्सामा सहसचिव यादव कोइरालालाई काजमा सीडीओ बनाएर पठाएको छ। राजधानी फर्किएपछि कुनै दायित्व नदिइएपछि भण्डारीले आठ दिन बिदा लिएर बसे। त्यसपछि उनी दिनहुँ गृह मन्त्रालयमा आएर हाजिर गर्छन्, कुनै जिम्मेवारी नदिएर सरकारले उल्टै मनोवैज्ञानिक रूपमा कारबाही गरिरहेको स्रोत बताउँछ।

'आक्रमणकारी राज्यमन्त्रीमाथि कुनै कारबाही नहुने, भण्डारीलाई अभियुक्तलाई जस्तो कुनै जिम्मेवारी नदिएर राख्नु पीडितमाथिको कारबाही नै हो' गृह स्रोतले भने- 'यसले गर्दा शान्ति सुरक्षामा खटिएका कर्मचारीको मनोबल सबभन्दा बढी गिरेको छ।'

'राज्यमन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीको रूपमा लिएको छ' शुक्रबार प्रधानमन्त्री नेपालले भनेका थिए 'अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्र्न सकिंदैन।'

राज्यमन्त्री वेगमले आफू गृह जिल्ला पर्सामा जाँदा थोत्रो गाडी पठाएको भन्दै कात्तिक २४ मा भण्डारीमाथि कुटपिट गरेकी थिइन्। उनले घटना भएकै दिन संवाददाताहरूसित थोत्रो गाडी पठाएर अपमान गरेकाले आफूले कुटेको बताएकी थिइन्।

तर, उनले मंसिर २ मा विज्ञप्ति जारी गरी उक्त घटनाका लागि दुःख प्रकट गर्नेभन्दा आफ्नो अभिव्यक्ति परिवर्तन गरी उल्टै सीडीओ भण्डारीमाथि विभिन्न मधेशी मूलका नेतासित लामो समयदेखि गलत र गैरजिम्मेवार व्यवहार गर्दै आएको गम्भीर आरोप लगाएकी थिइन्। त्यही कारण आफूले आवेशमा आएर सीडीओ भण्डारीलाई कुटेको दाबीसमेत उनको थियो।

सीडीओ समाजका अध्यक्ष कविराज खनालले प्रधानमन्त्रीले राज्यमन्त्री करिमाका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको र त्यसले सम्पूर्ण निजामती कर्मचारीको मनोबल कमजोर बनाएको बताए।

'करिमाले घटनाप्रति दुःख प्रकट गर्नेभन्दा सीडीओ भण्डारीमाथि उल्टै जघन्य आरोप लगाउनुभएको छ। त्यसप्रति बेवास्ता गरी प्रधानमन्त्रीले राज्यमन्त्रीलाई कारबाही हुँदैन भनेर दिएको अभिव्यक्तिले हामीलाई चिन्तित बनाएको छ। त्यसले उद्दण्ड व्यवहार गर्नेहरू उत्साहित र कर्मचारीहरूलाई निरुत्साहित बनाएको छ' खनालले नागरिकसित भने।

सीडीओ समाजका पदाधिकारीले प्रधानमन्त्री नेपाललाई भेटेर उनको अभिव्यक्तिका बारेमा आपत्ति जनाउने र राज्यमन्त्री करिमालाई कारबाही गर्नका लागि दबाब दिने जानकारी उनले दिए।