24 September 2013

सर्वनाममा तामाङ नाटक

सर्वनाममा तामाङ नाटक  
ढ्याङ्रो को गुन्जयमन आवाज सगै  तमाङ सेलो मा तमाङ तन्नेरी कम्मर मर्काइ रहेका छन काठ्मन्डौ को कालिकस्थान् स्थित सर्वनाम थियटर मा तामाङ नाटक मेहेन्दोमाया मा!
गोले बोम्बो आफ्नि पत्नि म्हेन्दोमाया सङ्ग गोसाइकुन्ड यात्रा मा निस्किन्छन। बाटोमा भैरवकुण्ड पुग्दा दुइ झाक्री बिच बाजी पर्छ, मानिस लाइ अनेकौ दुख दिने नाग मार्न र बाजी जित्न गोले झाक्री आफ्नि श्रीमती लाइ डिलमा बसेर सघाउन भन्दै कुण्डमा पस्छ । सुरुमा जितेको गोले झाक्री नाग बोकेर कुन्दमा उभिन्छ, उसको काधमा नाग देखेरा म्हेन्दुमाया अक्षता नछरि भग्छिन र गोले झाक्री कम्जोर पर्छ र नागहरु युद्द जित्छन् र कुन्द रक्ताम्य हुन्छ । बिधवा म्हेन्दोमाया डराउदै गौ फर्किन्छिन, आफ्नो गाउको मुख्य कस्ट रहेको नाग मारेर गोले बोम्बो फर्कला र उत्सब मनाउला भनेका गाउले हरु निरास हुन्छन ।
मिथ मा आधारीत यो नाटक को अन्त्य भने यतिमै सिमित छैन। नाटक को मुलपत्र म्हेन्दोमाया अनेकौ म्हेन्दोमाया भएर बेश्यालय, कतार, दुबइ पुगेको उजागर गर्छे । कती म्हेन्दोमाया गाउ मै दु:ख पाएको बताउछे । समग्र मा म्हेन्दोमाया नेपाली नारी को प्रतिनिधित्व पात्र हो । नाटक म्हेन्दोमाया ले गाउमा बढ्दै गएको बिक्रीती र परिवर्तन लाई पनि उजागर गरेको छ । पैसा कमाउन बिदेस जाने चाहना, मोटरसाइकल चढेर रक्सिमा माती हिंड्ने अल्लारे युवा र लाली पाउडर सँगै  चप्पल जत्रो मोबाइल बोक्ने युबती सपना समेटेको छ नाटक म्हेन्दोमायाले .
तमाङ समाजअको सस्क्रिती र भाषा उजगर गरेको यो नाटक का लेखक फुलमान वल हुन सेलो थियटर को प्रस्तुती रहेको यो नाटक निर्देशन घिमिरे युबराज ले गरेका हुन।
करिब एक घण्टा को समयावधी रहेको यो नाटक को मुख्य सवल पक्ष भनेको तमाङ भाषा को नाटक भयता पनि गैर तमाङ भाषी दर्सकलाई पनि  नाटक अवधिभर  बाधेर राख्नु हो।  तमाङ सांस्कृतिक
पूजा तथा लोह्सार समेत समावेस गरेको यो नाटक मा मितब्ययी रङमन्च को प्रयोग का बबजुत पनि निर्देशक घिमिरे ले कलात्मक बनाउने भरपुर प्रयास गरेका   हो ।
नाटकमा सन्तोष तामाङ, सुनिता लामा दोङ, शान्ति वाइवा, सन्तोष गुरुङ, वीरबहादुर तामाङ, उदय लामा, शर्मिला योञ्जन, अञ्जना गुरुङ, रेणुका कार्की, अविशन लामा, निमा लामा, विजय वाइवा लगायतको अभिनय रहेकोछ। आश्विन ७ गते देखी मन्चन भएको यो नाटक आश्विन १२ गते सम्म हरेक साँझ ५:१५ मा सर्वनाम थियटर मा नियमित मन्चन हुनेछ।



04 June 2013

सर्बनाम मा बिम्ब र बिम्बहरु

काठमाडौं– सधै भावुक र उत्तेजक संवादले भरिएका नाटक प्रदर्शन हुने सर्वनाम थिएटरमा यतिबेला बिना संवादको नाटक प्रदर्शन भइरहेको छ । सर्वनाममा नाट्यकलाको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थी कलाकाहरु आफैले बिना संवादको नाटक “विम्ब र विम्बहरु” को परिकल्पना तथा निर्देशन गरेका हुन् ।
११ जना प्रशिक्षार्थी कलाकारहरुले गुरुहरुको सहयोग  र आफ्नै प्रयत्नमा तयार पारेको नाटकमा मानवीय संवेदना र आवश्यकताका पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ
नाटक बिम्ब र बिम्ब हरु शिर्षक जस्ताइ अमुर्त नाटक हो ।
शान्तिको मार्गमा लागेर सारा संसार त्याग गरेको  मान्छे पनि लोभ लाचारीले हिंसातिर नै लाग्नाले मानव भन्ने नै रहँदैन की, अस्तित्व नै समाप्त हुने होकी भन्ने कुराको अर्थ नाटकले देखाउन खाजेको छ । लोभ लालचले मानवको अस्तित्व नै समाप्त हुन सक्ने भएकाले सतर्क रहन नाटकले सन्देश दिएको छ ।

सर्वनाम नाटकघरले तीनमहिना सम्म प्रशिक्षण दिएर कलाकारलाई मञ्चमा उतारेको हो । कलाकारहरुमा राज शाह, दिक्पाल कार्की, कबिता बहिङ, आदित्य शर्मा, साधना भण्डारी, सूवर्ण पौडेल, अभिषेक सापकोटा, रविन पौडेल, सञ्जु परियार लगायत छन । कलाकारहरुले स्वयम लेखन र निर्देशन गरेको नाटक जेठ २५ गतेसम्म हरेक दिन साझ सवा ५ बजे प्रदर्शन हुनेछ ।








19 December 2011

शान्तिपूर्ण बन्द गर्न आह्वान गरिए पनि राजधानीमा तोडफोड र आगजनी


nagariknews.com
काठमाडौँ, पुस ४- नेपाली कङ्ग्रेसले नेपाल तरुण दल, चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन अस्तव्यस्त भएको छ। पार्टीले कुनै पनि किसिमका तोडफोड हुन नदिन पार्टीका सबै निकाय, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिलाई आग्रह गरे पनि बन्दको अवज्ञा गरेको भन्दै राजधानीका केही स्थानमा तोडफोड र आगजनी सुरु भएको छ।

बन्दका क्रममा चावहिल स्तुपा नजिक प्रदर्शनकारीहरूले बा१ज १६३ नम्बरको ट्याक्सी ताडफोड गर्दै आगजनी गरेपछि पूर्णरूपमा ट्याक्सी जलेको छ भने तिलगङ्गामा प्राइभेट नम्बरको बा९च ३७२० कारमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले चावहिलमै एउटा पानीको ट्याङ्कर तोडफोड गरेका छन् भने सो घटनामा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्दकर्ताहरूले बाल्मीकि क्याम्पसमा भइरहेको परीक्षासमेत विथोलेका छन्।

सरकारसँग हिजो दिनभर भएको वार्तामा पौडेलको मृत्युका लागि छानबिन आयोग गठन, दोषीमाथि कडा कारबाही, मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति, झुटामुद्दा फिर्तालगायतका मागमा सहमति हुन नसकेपछि आज 'शान्तिपूर्ण' नेपाल बन्दको आह्वान गरिएको हो।

आन्दोलन संयोजन समितिका संयोजक दीपक गिरीले सरकारले आफ्ना कार्यकर्ता पौडेललाई झुटो मुद्दामा फसाई जेलभित्रै हत्या गर्न लगाएको र आफ्ना माग पूरा गर्नेतर्फ कुनै चासो नदिएकाले त्यसको विरोधमा शान्तिपूर्णरूपमा नेपाल बन्द आह्वान गरिएको बताए।

बन्दका क्रममा प्रेस, कूटनीतिक नियोग, रेडक्रस, शववाहन, स्वास्थ्यसेवाका साधन, फोहोर बोक्ने साधन, दूध बोक्ने साधन, पर्यटकीय वाहन, मानव अधिकारकर्मीका सवारी साधन र एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई कुनै पनि बाधा अवरोध नगरिने जनाएको छ।


बन्दकर्ताहरूले बिहानैदेखि कोटेश्वर, चावहिल, पुतलीसडक, कलङ्की, महाराजगन्ज, सातदोबाटो, नयाँबानेश्वर, कुपण्डोल, जमल, रत्नपार्कलगायतका क्षेत्रमा नाराजुलुस गरिरहेका छन्। रासस

18 December 2011

भोलिको बन्द यथावत् : कङ्ग्रेस


nagariknews.comबाट
गोविन्द परियार, काठमाडौं, पुस ३ - कङ्ग्रेसले कारागार आक्रमणमा परी मृत्यु भएका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको मुद्दा फिर्ता गरी शहीद घोषणा नगरेको भन्दै भोलिको बन्द यथावत् हुने बताएको छ। सभापति सुशील कोइराला निवासमा पत्रकार सम्मेलन गरी माग पूरा नभएकाले बन्दका कार्यक्रम सशक्तरुपमा अघि बढाउने घोषणा गरेको हो।
'सरकारले नियोजित रुपमा कारागारभित्र आक्रमणमा सहयोग गरी शिव पौडेलको हत्या गरेको हो,' पत्रकार सम्मेलनमा आन्दोलन तयारी समितिमा संयोजक दिपक गिरीले भने, 'सरकार नै हत्यामा सहयोगी बनेकाले हामीले उनीमाथि लगाएका झुटा मुद्दा फिर्ता र उनलाई शहीद घोषणाको माग गरेका हौं।'

पत्रकार सम्मेलनमा सोमबार बिहान ६ बजेदेखि अपरान्ह ५:३० बजेसम्म शान्तिपूर्णरुपमा नेपाल बन्द कार्यक्रम सम्पन्न हुने घोषणा गरिएको थियो।
यसैबीच कांग्रेस केन्द्रीय समिति बैठक अहिले साँझ ५ वजे कोइराला निवासमा बस्दैछ।

लाश उठेन
सरकारले माग पूरा नगरेको भन्दै पौडेलका परिवारले लाश उठाएका छैनन्। शनिबार पौडेलको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सम्पन्न गरे पनि अहिलेसम्म परिवारले लाश बुझेको छैन। 'सरकारले नियोजित रुपमा हत्या गरेकाले पार्टीले अघि सारको माग पूरा नभएसम्म हामी लाश बुझ्दैनौ,' पौडेलका दाजु ताराले नागरिकसँग भने।

यसैबीच कङ्ग्रेसले बन्दबारे अपील जारी गरेको छ। बन्दबारे कङ्ग्रेसद्वारा जारी अपील

अपील

नेपाल तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेल लगायतका तरुण साथीहरुमाथि बन्दी अवस्थामा योजनावद्ध तवरले सरकारकै संलग्नतामा भएको आक्रमणबाट उपचारका क्रममा शिवप्रसाद पौडेलको मृत्यु भएको घटनाले सिङ्गो पार्टी र मुलुकलाई नै स्तब्ध बनाएको छ। नेपाल महिला संघद्वारा आयोजित तीजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र घटित भएको घटनामा मुछि नियोजित रुपमा झुटा मुद्दामा फसाउने र प्रशासनले नै जेलका कोठा खोली हत्या गर्न लगाएको यस घटनाको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।
नेपाल तरुण दल, चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको मृत्युले थुप्रै प्रश्नहरु सिर्जना गरेको छ। यो घटना एक्लो शिवप्रसाद पौडेलको मात्र होइन, आम नागरिक र जेल भित्र रहेका सिङ्गो कैदीहरुको सुरक्षासँग पनि गाँसिएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले- उक्त घटनाको छानविनको लागि न्यायिक आयोग गठन, दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही, शिवप्रसाद पौडेललाई शहीद घोषणा र क्षतिपूर्ति, शिवप्रसाद पौडेल र प्रमिश राई लगायतका निर्दोष व्यक्तिहरुमाथिको झुा अभियोग तत्काल फिर्ता लिइयोस् भनी २०६८ पौष ४ गते देशव्यापी रुपमा शान्तिपूर्ण बन्दको आह्वान गरेको छ। यस बन्दलाई सफल बनाउन लोकतन्त्रवादी सम्पूर्ण जनसमुदायमा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था, बजार पूर्ण रुपमा बन्द गरी हाम्रो कार्यक्रमलाई समर्थन र ऐक्यवद्धता जनाइदिन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ। यो पूर्णतः शान्तिपूर्ण बन्दको कार्यक्रम भएकोले उक्त दिन रेडक्रस, एम्वुलेन्स, शव वाहन, स्वास्थ्य सेवाका साधान, फोहर बोक्ने साधान, दुग्ध बोक्ने साधन, पर्यटकीय वाहन, कुटनीतिक नियोगका साधान, प्रेस, मानव अधिकारकर्मीका सवारी साधनलाई कुनै पनि वाधा अवरोध नपुर्‍याउन र कुनै पनि किसिमका तोडफोड नहुन दिन पार्टीका सबै निकाय, भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ।

जय नेपाल !
वसन्तकुमार गौतम
मुख्य सचिव

11 October 2010

शुभ होस मंगल रहोस बिजया दशमी...

















बिजया दशमी को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको साथै उतर उतर पर्गती को कामना गर्दछु

शुभ होस मंगल रहोस बिजया दशमी...

23 July 2010

को होला प्रधानमत्री आज

























प्रधानमन्त्री को निर्वाचन आज हुँदैछ.

21 July 2010

इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार
















इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार अस्विक्रित भयका छन।
प्रचन्ड लाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम यस्तो थियो-
उपस्थितः ५९२
पक्षमा मतः २४२ (माओवादी सभासद र अन्य पाँच मत)
विपक्षमा मतः ११४ (नेपाली काँग्रेसको मात्रै)
तटस्थः २३६ (एमाले लगायत अन्य दलहरुको)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

काँग्रेसका रामचन्द्र पौडेल पनि निर्वाचनमा हारे।
रामचन्द्र पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम-
उपस्थितः ५९७ (अघिल्लो निर्वाचनमा भन्दा ५ बढे)
पक्षमा मतः १२४ (काँग्रेस बाहेक १० मत अन्य आयो)
विपक्षमा मतः २३५ (माओवादीका २३७ मध्ये २ भोट कम पर्‍यो)
तटस्थः २२८ (एमाले लगायत अन्य दल)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

झलनाथ खनालको प्रस्ताव भने ४०१ मत नपुग्ने भन्दै माधवकुमार नेपालले फिर्ता लिए। अन्ततः आज प्रधानमन्त्री नचुनी नाटक टुंगिएको छ। नाटकका निर्देशक पत्ता लगाउने जिम्मा भने तपाईँको।

नाटकको अर्को भाग शुक्रबार हुँदैछ। शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा पनि यिनै उम्मेदवार हुनेछन्। अरु नयाँ उम्मेदवार थप्न नियमले दिँदैन। नाम फिर्ता लिइसकेका उम्मेदवार फेरि सहभागी हुन पनि नियमले दिँदैन।

28 March 2010

पुरानै संबिधान ब्युजाउ..


राजनीति बाट निस्कृय रहेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका छन् । आइतबार साँझ विज्ञप्ती जारी गर्दै उनले जेठ १४ गते भित्र संविधान बन्न सक्ने अवस्था नभएकाले ०४७ सालकै संविधान ब्युँताउन आग्रह गरेका हुन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएपछि पहिलो पटक विज्ञप्ती जारी गर्दै भट्टराईले जेठ १४ भित्र संविधान जारी नहुने भएकाले मुलुक संविधान विहीन हुन नसक्ने भएकाले ०४७ सालकै संविधान ब्युँताउन राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गरेका हुन् ।

प्रेश बिज्ञप्तीको पूर्णपाठः

मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।

यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।

कृष्णप्रसाद भट्टराई

24 March 2010

मुख फोरे पूर्व राजाले.


पूर्वराजा ज्ञानेन्द्र शाह पहिलो पटक बोलेका छन। बुधबार एभिन्यूज टेलिभिजनसँग कुरा गर्दै उनले भने, 'जनता जनार्दन नै हुन्छन् ।'
एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले राजसंस्था बिदाइ गर्ने निर्णयमा पुर्नविचार गर्नुपर्ने बताए । 'जनताले यही चाहन्छन्, यही (राजसंस्था हटाउनु) ठीक छ, यही बाटो नै हिड्नुपर्छ भन्ने हो भने ठिकै छ,' 'उहाँहरु (जनता) लाई कहिँ न कहिँ चित्त बुझेको छैन भने जसले शासन गरेका छन्, जनताको कुरालाई नै मान्यता दिनुपर्छ ।'उनले भने।
रामनवमीको अवसरमा जनकपुरको रामजानकी मन्दिरमा पूजा गर्न पूर्व राजा बुधबार बिहान बुद्ध एयरबाट जनकपुर गएका थिए । जनकपुरमा राजावादीहरुले उनको पक्षमा नाराबाजी गरेपछि उनले मन्द मुस्कानका साथ अभिवादन फर्काएका थिए ।

अन्तर्वार्ताको पूर्णभाग:-

राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र

अहिले देश जुन मोडबाट गुजि्ररहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?

बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।

राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?

यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।

नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?

यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।

पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?

त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।

तपाईंका दिन कसरी वितिरेहेको छ ?

के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।

नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?

एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।

नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?

दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।

सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।

दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?

सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।

राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?

समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।

नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?

जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।

तपाईंका भावी योजना अव के छन् ?

नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।

20 March 2010

अलबिदा गिरिजाबाबु...

अलबिदा गिरिजाबाबु...


अलबिदा गिरिजाबाबु...

28 February 2010

हिन्दू राष्ट्र का लागि माहयज्ञ.

मुलुक मा ब्याप्त अत्याचार, बिक्रिती र बिसंगतीबाट मुलुकलाई मुक्त गर्दै देशमा चिरसन्तिको कामना सहित नेपाललाई हिन्दू रास्ट घोषणाको माग गर्दै काठमाडौं मा आज निकै भब्य कलस यात्रा गरियो। श्री १००८ स्वामी कालिदास बाबाको प्रतक्ष संलग्नता मा भयको कलस यात्रा मा हजारौं सर्बसाधारण, ब्राह्मण, नेता, कलाकार, लगायत को ठुलो उपस्थिती थियो। काठमाडौंको बनकाली बाट सुरुभयको कलस यात्रा पुरानो बानेश्वर,मैतिदेवी, पुतलिसडक, रत्नपार्क, भद्रकाली, नयासडक, बसन्तपुर, जमल, दरबारमार्ग, कमलादी, कालोपुल, मित्रपार्क पसुपती हुँदै बनकालीमै आयर समापन भयको थियो । नेपाली इतिहासमै ठुलो कलस यात्रा भएको महायज्ञ समिती का सचिब भागवत श्री न्यौपाने ले बताय।
नेपालको ओखलढुङा मा जन्मिएका कलिदास बाबाको संन्यासी नाम श्री कृष्णानन्द परमहंस हो । भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला १० साधुसन्तमा गनिन्छन् । उनी भारतवर्षमा छैटौं ठूला सन्तका रूपमा परिचित छन् ।

देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् । उनले कठोर तपस्या र साधनापछि अहिलेको सिद्धि प्राप्त गरेर महात्माको स्वरूपमा आफूलाई विकास गरेका हुन् । बाबा कालिदासले सेन्टजोसेफ स्कुल, दार्जीलिङ हँुदै आईएस्सी तथा बीएस्सीसम्मको अध्ययन पूरा गरेका थिए । ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब एक वर्ष प्राध्यापन गरेका थिए । अहिलेका चर्चित राजनीतिज्ञ हृदयेश त्रिपाठी उनले अध्यापन गराएका विद्यार्थी हुन् ।

नेपाललाई हिन्दु रास्ट कयम राख्नुपर्ने जिकिर गर्ने कलिदास बाबाले पत्रकार सम्मेलन गरी नेपाल हिन्दू राष्ट्र नभए देह त्याग गर्ने बताएका छन।
नौ दिन सम्मा चल्ने यो अखन्ड महयज्ञ मा फाल्गुन १७ देखी २५ गते सम्म पसुपती को बनकाली क्षेत्रमा चौबिसै घण्टा चल्नेछ।


07 February 2010

फेरी आए पर्मानन्द झा.


हिन्दी भाषाको मोह त्याग्न नसेकेका उपरास्टपती परमानन्द झाले आज फेरी नेपाली र मैथिलीमा शपथ लीयका छन।
हिन्दी भाषामा शपथ लिएपछि विवादमा मुछिएका उपराष्ट्रपति परमानन्द झाले सार्बोच्च अदालतले नेपालीमा सपथ लिन दियको आदेश समेत अवग्या गरेका थिय। जसका करण उनको पद निस्कृय हुनुका साथै नेपाल सरकारले उनको निवास बाट नेपाली सेना र झन्डा समेत हटाएको थियो । नेपालीमा शपथ लिएपछि संभावित सम्पूर्ण कानुनी अड्चनबाट उनी मुक्त भएका छन् भने मातृभाषामा शपथ खाने नजिर पनि बसालेका छन्। यसअघिको शपथ ग्रहणमा धोती लगाएर उपस्थित भए पनि यस पटक भने उनी दौरासुरुवालमा उपस्थित भएका थिए।

मरिए जमिम शाह


नेपालमा पहिलो पटक तारमार्फत टेलिभिजन च्यानल प्रवाह गराउने 'स्पेसटाइम नेटवर्क' र निजी क्षेत्रको पहिलो टेलिभिजन 'च्यानल नेपाल' का मालिक जमिम शाहको आज अपराह्न गोली हानी हत्या गरिएको छ। तीन बजे याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै थिए जमिम शाह। ना १ च २१५१ नम्बरको कारमा थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी भागेका थिए। काठमाडौं को अती सुरक्षित मनिएको लाजिम्पाटस्थित फ्रेन्च दूतावासको ठीक अगाडि गोली प्रहार भयको थियो।

10 January 2010

राजमो को बन्द जनजीवन प्रभाबित


राष्ट्रिय जनमोर्चा को सडकमा बाक्लो उपस्थिती नभएपनी बन्दको प्रभाबपुरै परेको छ। बन्द भन्ने बित्तिकै चोक चोक मा ठुलो उपस्थिती देखिने गरियको मा यसपटक भने प्रदर्सन कारीको उपस्थिती न्युन देखिन्छ। ठाउँ ठाउँमा बन्दको अबग्या गरेको भन्दै जनमोर्चा का कार्यकर्ताले यातायातका साधनमा तोडफोड पनी गरेका छन। सङियताको बिरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले आइतबार आव्हान गरेको उपत्यका बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन चलेको छैन । गन्तव्यमा पुग्न सर्वसाधारण पैदल हिडेका छन् । जनमोर्चा कार्यकर्ताले विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । सोल्टी होटेल क्यासिनो नेपालको कर्मचारी बोकेको बसमा बिहान साढे ५ बजे बाफल क्षेत्रमा जनमोर्चा कार्यकर्ताले आगजनी गरेका छन् । प्रहरीले जनमोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । ललितपुरको कुमरीपाटी,डिल्लीबजार र पुतली सडक लगायतको क्षेत्रमा जनमोर्चाले सवारी साधनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
संघीयताको बिरोधमा जनमोर्चाले यसअघि सेति,महाकाली,कर्णाली,गण्डकी र धौलागिरी लगायतका अंचल बन्द गराइसकेको छ ।
प्रतिकारमा नेवा राज्य समर्थक
काठमाडौँ उपत्यका र वरपरका स्थानलाई एकपक्षीय रुपमा 'राज्य घोषणा' गरेको नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले बन्दको प्रतिकार गर्न प्रस्तावित नेवाः राज्यको झण्डासहित बसन्तपुरलाई केन्द्र बनाएर पटक पटक मोटरसाइकल र्‍याली निकालेका छन्। पहिलो र्‍याली बसन्तपुरबाट त्रिपुरेश्वर, कलंकी, बालाजु हुँदै बसन्तपुरमा टुंगिएको थियो। त्यसैगरी दोस्रो र्‍याली नयाँ बानेश्वरबाट चाबहिल, गौशालासम्म पुगेको थियो।

यसअघि बन्दलाई असफल पार्न आह्वान गरिएको पर्चा उनीहरुले काठमाडौँका विभिन्न स्थानमा बाँडेका थिए। समितिमा सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी लगायत दलका भ्रातृ संस्थाहरु आवद्ध छन्।

बंद मा सडक



रिक्सा र साइकल मार्फत गन्त्ब्य जादै..



खाली बानेश्वर चोक, गन्त्ब्य तिर जादै पैदल यात्री.



बन्दको प्रभावले देखियको खाली सडक..

09 January 2010

सकियो मातृकाको संबिधान यात्रा..

सन्की नेता भनी नाम कमाएका नेता मातृका प्रसाद यादबको सभासद पद आजै देखी टुंगियको छ। एकीकृत माओवादी परित्याग गरी पुरानै माओवादी पुनर्गठनमा लागेका मातृकाप्रसाद यादव र जगतप्रसाद यादवको सभासद् हैसियत आजै संविधानसभामा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई सभासद्को सदस्यता समाप्तीको जानकारी गराएका हुन्। तत्कालिन नेकपा माओवादी एकीकृत नेकपा माओवादीमा परिणत भएको अवस्थामा दलको निर्णय अस्वीकार गरेको धनुषाका मातृका र सिराहाका जगत समानुपातिकतर्फका सभासद् हुन्। सो पदमा निर्वाचन आयोगमा समानुपातिकको सूचीमा पेस गरेका नाममध्येबाट मधेसी समूहका २ जनालाई सभासद्मा मनोनीत गर्न माओवादीलाई बाटो खुलेको छ। उपसमितिले तयार गरेको प्रतिवेदनमा नयाँ दल खोलेको देखिएकाले सभासद् खारेज हुने उल्लेख थियो। उपसमितिको प्रतिवेदन र कार्यव्यवस्था परामर्श समितिको पुस १२ गतेको बैठकको परामर्शका आधारमा पद खारेज गर्ने निष्कर्षमा पुगेको नेम्वाङले सदनलाई जानकारी दिए।

मातृकाप्रसाद यादवले माओवादी र जनमोर्चाबीच भएको पार्टी एकतालाई अस्वीकार गर्दै २०६५ माघ २९ मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पुरानै नेकपा माओवादीको पुनर्गठनमा लागेका थिए। उनीसँगै अर्का सभासद् जगतप्रसाद यादवले पनि एकीकृत माओवादी परित्याग थिए।

यस आघिनै बन्दुक उठाउन सक्ने साथै जनमुक्ती सेनाको गठन समेत गरिसकेको जरकारी तथा प्रचारबाजी गरेका यादवलाई यो निर्णय ले कस्तो असर पर्नेहो चाँही हेर्न बाँकी छ ।