
११ जना प्रशिक्षार्थी कलाकारहरुले गुरुहरुको सहयोग र आफ्नै प्रयत्नमा तयार पारेको नाटकमा मानवीय संवेदना र आवश्यकताका पक्षलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ
नाटक बिम्ब र बिम्ब हरु शिर्षक जस्ताइ अमुर्त नाटक हो ।
शान्तिको मार्गमा लागेर सारा संसार त्याग गरेको मान्छे पनि लोभ लाचारीले हिंसातिर नै लाग्नाले मानव भन्ने नै रहँदैन की, अस्तित्व नै समाप्त हुने होकी भन्ने कुराको अर्थ नाटकले देखाउन खाजेको छ । लोभ लालचले मानवको अस्तित्व नै समाप्त हुन सक्ने भएकाले सतर्क रहन नाटकले सन्देश दिएको छ ।
सर्वनाम नाटकघरले तीनमहिना सम्म प्रशिक्षण दिएर कलाकारलाई मञ्चमा उतारेको हो । कलाकारहरुमा राज शाह, दिक्पाल कार्की, कबिता बहिङ, आदित्य शर्मा, साधना भण्डारी, सूवर्ण पौडेल, अभिषेक सापकोटा, रविन पौडेल, सञ्जु परियार लगायत छन । कलाकारहरुले स्वयम लेखन र निर्देशन गरेको नाटक जेठ २५ गतेसम्म हरेक दिन साझ सवा ५ बजे प्रदर्शन हुनेछ ।