मुलुक मा ब्याप्त अत्याचार, बिक्रिती र बिसंगतीबाट मुलुकलाई मुक्त गर्दै देशमा चिरसन्तिको कामना सहित नेपाललाई हिन्दू रास्ट घोषणाको माग गर्दै काठमाडौं मा आज निकै भब्य कलस यात्रा गरियो। श्री १००८ स्वामी कालिदास बाबाको प्रतक्ष संलग्नता मा भयको कलस यात्रा मा हजारौं सर्बसाधारण, ब्राह्मण, नेता, कलाकार, लगायत को ठुलो उपस्थिती थियो। काठमाडौंको बनकाली बाट सुरुभयको कलस यात्रा पुरानो बानेश्वर,मैतिदेवी, पुतलिसडक, रत्नपार्क, भद्रकाली, नयासडक, बसन्तपुर, जमल, दरबारमार्ग, कमलादी, कालोपुल, मित्रपार्क पसुपती हुँदै बनकालीमै आयर समापन भयको थियो । नेपाली इतिहासमै ठुलो कलस यात्रा भएको महायज्ञ समिती का सचिब भागवत श्री न्यौपाने ले बताय।नेपालको ओखलढुङा मा जन्मिएका कलिदास बाबाको संन्यासी नाम श्री कृष्णानन्द परमहंस हो । भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला १० साधुसन्तमा गनिन्छन् । उनी भारतवर्षमा छैटौं ठूला सन्तका रूपमा परिचित छन् ।
देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् । उनले कठोर तपस्या र साधनापछि अहिलेको सिद्धि प्राप्त गरेर महात्माको स्वरूपमा आफूलाई विकास गरेका हुन् । बाबा कालिदासले सेन्टजोसेफ स्कुल, दार्जीलिङ हँुदै आईएस्सी तथा बीएस्सीसम्मको अध्ययन पूरा गरेका थिए । ज्योतिष पिता मनोहर दाहालका जेठा छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब एक वर्ष प्राध्यापन गरेका थिए । अहिलेका चर्चित राजनीतिज्ञ हृदयेश त्रिपाठी उनले अध्यापन गराएका विद्यार्थी हुन् ।
नेपाललाई हिन्दु रास्ट कयम राख्नुपर्ने जिकिर गर्ने कलिदास बाबाले पत्रकार सम्मेलन गरी नेपाल हिन्दू राष्ट्र नभए देह त्याग गर्ने बताएका छन।
नौ दिन सम्मा चल्ने यो अखन्ड महयज्ञ मा फाल्गुन १७ देखी २५
गते सम्म पसुपती को बनकाली क्षेत्रमा चौबिसै घण्टा चल्नेछ।


