
बिजया दशमी को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको साथै उतर उतर पर्गती को कामना गर्दछु
शुभ होस मंगल रहोस बिजया दशमी...
परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।
काँग्रेसका रामचन्द्र पौडेल पनि निर्वाचनमा हारे।परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।
झलनाथ खनालको प्रस्ताव भने ४०१ मत नपुग्ने भन्दै माधवकुमार नेपालले फिर्ता लिए। अन्ततः आज प्रधानमन्त्री नचुनी नाटक टुंगिएको छ। नाटकका निर्देशक पत्ता लगाउने जिम्मा भने तपाईँको।
नाटकको अर्को भाग शुक्रबार हुँदैछ। शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा पनि यिनै उम्मेदवार हुनेछन्। अरु नयाँ उम्मेदवार थप्न नियमले दिँदैन। नाम फिर्ता लिइसकेका उम्मेदवार फेरि सहभागी हुन पनि नियमले दिँदैन।
प्रेश बिज्ञप्तीको पूर्णपाठः
मुलुक झण्डै संविधानविहीन अवस्थामा प्रवेश गर्न लागेको छ । आगामी जेठ १४ गते सम्ममा संविधान बन्ने कुनै सम्भावना देखिदैन । ०४७ सालको संविधान उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई लागू हुन पर्याप्त अवसर नै नदिई त्यसलाई हतारमा समाप्त गरिएकोले नै अहिले मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता उत्पन्न भएको हो । यो अवस्था धेरै दिन रहन दिइएको खण्डमा मुलुकको स्वतन्त्रता, बैधानिकता, सामाजिक सद्भाव र समृद्धिमा प्रतिकुल असर पर्न जानेछ । संविधानसभा भित्रका दलहरुमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता हतारमा आयात गरिएका राजनीतिक पोशाकहरुमा तीब्र मतभेद हुँदा त्यो नेपालको मौलिक पहिचान र आवश्यकता बिपरित भएको पनि उत्तिकै स्पष्ट छ ।
यस्तो अवस्थामा राष्ट्रिय अखण्डता र सद्भाव बनाउन स्व. बीपी कोइराला र गणेशमान सिंहले आहवान गर्नुभएको राष्ट्रिय मेलमिलापको सिद्धान्त नै उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ । संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्व समेत धरापमा पर्न सक्ने वर्तमान अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सवै नागरिक तथा राजनीतिक दलहरुसमक्ष तत्काल ०४७ सालको संविधानलाई पुनर्जीबित गर्नेतर्फ अगाढि बढ्न आग्रह गर्दछु ।
कृष्णप्रसाद भट्टराई
राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र
अहिले देश जुन मोडबाट गुजि्ररहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?
बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।
राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?
यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।
नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।
पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?
त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।
तपाईंका दिन कसरी वितिरेहेको छ ?
के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।
नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?
एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।
नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?
दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।
सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।
दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?
सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।
राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?
समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।
नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?
जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
तपाईंका भावी योजना अव के छन् ?
नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।